विश्व

ओवामा केन्या भ्रमणमा

  • ३१ असार आइतबार, २०७५ | २३:०४:०० मा प्रकाशित

नैरोबी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुगेका छन् । 

दुईदिने भ्रमणका लागि उनी आइतबार केन्याको राजधानी नैरोबी आइपुगेका अधिकारीहरुले जनाएका छन् । नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न गएका थिए ।

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्नुहुने अपेक्षा गरिएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आएकाे जनाइएको छ । 

उहाँको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पुर्याउने काम गर्ने समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा

तपाईँको मत