समाज

सर्पको डसाइबाट मृत्यु

सुरुङ्गा, झापा  । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । 

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत