विश्वकप महाकुम्भ

क्रोएसियाका कप्तानको असाधारण कहानी, बम विष्फोट र गोलाबारीका बीच बने फुट्बलर

काठमाडौँ । क्रोएसियाका फुटबल टीमका कप्तान लुका मोड्रिकले आफ्नो जबरजस्त खेल र करिश्मा प्रदर्शन गर्दै टीमलाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याए । १५ जुलाईमा क्रोएसिया र फ्रान्स मस्को स्थित लुज्निकी स्टेडियममा २१ औँ विश्वकपको उपाधीमा कब्जा जमाउँदैछन् । त्योभन्दा अगाडि क्रोएसियाका कप्तान लुकाको जीवन र उसको कठिन यात्राको बारेमा जान्नु जरुरी छ । 

गृहयुद्धको मुटुमा बितेको लुकाको बाल्यकाल
लुका मोड्रिक क्रोएसियाको जुन शहरमा हुर्के त्यो गृहयुद्धको अखडा थियो । ६ वर्षका थिए उनी, उनको हजुरबुबालाई चरमपन्थिको गोलिबाट हत्या गरिएको थियो । लुकाले ६ वर्षको उमेरमा नै शरणार्थी जीवन भोग्नुपर्यो । तर यो दुःखलाई उनले फुटबलको दुनियाँमा नाम बनाउनमा प्रयोग गरे । आज ३२ वर्षको उमेरमा उनी फुटबलको ग्लोबल सुपरस्टर बनिसकेका छन् ।

बाल्यकालको सारा दुःखलाई उनि भुल्न चाहन्छन् । गृहयुद्ध, हजुरबुबाको हत्या, शरणार्थी जीवन । त्यस्तो अवस्थालाई चिर्दै कठिन यात्रामा आफ्नो फुटबलरको इच्छालाई कत्तिपनि दबाएनन् लुकाले । झन मेहनत गर्दै गए । उनले भने,‘त्यो समय मेरो कठिन समय थियो । म त्यो दिनलाई सँगै राख्न चाहन्न, तर म भूल्नपनि चाहन्न ।’

लुकाले आफ्नो केरियरको सुरुवातमा सामना गरेका थिए रिजेक्सन
लुका जब १० वर्षका थिए उनलाई कयौँ पटक रिजेक्सन गरिएको थियो । कोचले उनको लज्जालु व्यवहार र दुब्लो भएको कारण फुटबल खेल्न सक्षम भएपनि रिजेक्सनको सामना गरेका थिए । फुटबल क्लब हेजडक स्लिटले पहिलो मौका दिएका थिए । यसपछि उनको प्रतिभामा सुधार आएको थियो । पछि टटिंहम र रियल मेड्रिकले उनीसँग करार गरेको थियो । त्यसपछि उनी फुटबलको दुनियाँमा चम्के । लुका मोड्रिकले सन् २०१० मा वैँजा बोस्निकसँग विवाह गरे । यीनका दुई, एक छोरा र एक छोरी छन् । एजेन्सी
 

तपाईँको मत