कला

कविता- 'दास-मालिक मित्रता'

गह्रुङ्गासनका "बा"ले गह्रुङ्गै बोल्नु पर्दथ्यो ।
जाँपायो, टिप्पणी जे'नि गर्दा खुस्किन्छ "बा"पन ।।
शक्तिका केन्द्रको बोली, छोटो-मिठो र दुर्लभ ।
हुनु संसारको रित, नीति, सिद्धान्तको पथ ।।

कहाँ के बोल्दछौ भन्ने अनुमानै नभैकन ।
स्वेच्छाचारी कुरा माथी, के रफ्फू भर्छ ! सेवक ??
एकै गन्तब्यका यात्रु प्रशिक्षित गर्यौं भने ।
ज्ञानले पूर्ण भै बोल्थे, जे बोल्नु पर्दथ्यो त्यही ।।

घर सल्लाह नै छैन, जल, स्थल, बायुका कुरा ।
सठ-भाटसरी तुन्दै, उम्तर्दै बृद्ध-बालक ।।
वाणी ईश्वरको जस्तो "प्राधिकार" भयौ भने ।
बाँकि 'चरणका दास' भुसका तकिया भए ।।

दासयुग पनि हैन, सामन्ती हुकुमी युग ।
फाली, "ईन्क्लाव"को नारा बोकेका जन-सागर ।।
"बा" हौ, मान गरि'रा छन्; नीति हिन बन्यौ भने ।
खै के ! खै के !! कति टिक्ला ? "दास-मालिक मित्रता"।।

लेखक ने क पा केन्द्रीय सदस्य हुन् ।

लेकको फेसबुकबाट साभार 

तपाईँको मत