विश्वकप महाकुम्भ

फिफा विश्वकप फाइनलमा क्रोएसिया पुगेपछि जमेर नाचिन राष्ट्रपति कोलिंडा (भिडियाे सहित)

मस्को । इंग्ल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया फिफा विश्वकप २०१८ को फाइनल पुगेको छ । जसको टक्कर अब फ्रान्ससँग १५ जूलाइमा हुँदैछ । फुटबल विश्वकपको इतिहासमा क्रोएसिया टीम पहिलो पटक फाइनमा पुगेको हो । मात्र ४० लाख जनसँख्या रहेको क्रोएसियाले यस विश्वकपमा सबैको मन जित्न सफल रह्यो । यही म्याचको दौरान स्टेडियममा रहेकी क्रोएसियाका राष्ट्रपति कोलिंडा गे्रबर कित्रोविबले आफ्नो अन्दाजले सबैलाई छक्क पारिन । क्रोएसिया फाइनल पुगेको अवसरमा कोलिंडाले पहिले दर्शकको रुपमा मज्जा लिइन भने त्यसपछि खेलाडीसँग ड्रेसिङ्ग रुममा डान्स गरिन्, जमेर ।

क्रोएसियाकी पहिलो महिला राष्ट्रपति कोलिंडा भिभिआइपी भएरपनि आम जनता हुन मनपराउँछिन् । यस विश्वकपमा यसकारणपनि चर्चामा आएकी थिइन जब उनले आफ्नो टीमको समर्थन गर्नको लागि राजधानी जगारेबबाट सोचीसम्म हवाइजहाजमा इकोनोमी क्लासमा यात्रा गरेकी थिइन् । उनलाई व्यक्तिगत हवाई चर्टर्ड हुने व्यवस्था भएरपनि उनसले सो रुचाइन् । हवाई यात्राको दौरानमा उनी आम यात्रीसँग घुलमिल मात्र गरिनन्, उनले सबैसँग सेल्फी खिचाइन । कोलिंडाले आफ्नो देशको म्याच स्टेडियमको भिभिआईपी दर्शक उच्च ठाउँमा बसेर होइन की क्रोएसिया टीमको जर्सी लगाएर आम दर्शकको बिचमा बसेर म्याच हेरिन् । एजेन्सी

 

तपाईँको मत