विश्वकप महाकुम्भ

क्रोएसियाका कोचले म्याच जितेपछि खेलाडीलाई भने यस्तो महत्वपूर्ण कुरा

fifa

मस्को । इंग्ल्याण्डलाई सेमिफाइनलमा हराएपछि क्रोएसियाका कोच ज्लाटको डालिचले फ्रान्स विरुद्ध विश्वकप फाइनलमा थकानको कुनै मसला नहुने बताएका छन् । क्रोएसियाले एक गोल बढी गरेर इंग्ल्याण्डमाथि जित हासिल गरेको थियो । मारियो मेनजकिचले १०९ मिनेटमा गोल गरेका थिए । उसले पछिल्लो दुइ हप्तामा डेनमार्क र आयोजक रसिय विरुद्धपनि थपिएको समयमा जित हासिल गरेको थियो ।

डालिचले भने, ‘यो शानदार थियो । थप समयमा कोहि पनि मैदान बाहिर जान चाहेनन् । यसले खेलाडीको भावनालाई प्रदर्शित गर्दछ । कसैलेपनि अन्तिम समयसम्म हार मानेनन् । उनले भने, ‘हामी फाइनलको लागि तयार थियौँ र छौँ । थप समयसम्म खेलेर दिक्क हुन सक्छ जबकी दोस्रोतर्फ फ्रान्सलाई थप गरिएको समयमा आरामकोलागि मिलेको थियो तर आराम नगरेपनि हामी तयार छौँ ।

कोचले भने, ‘हामी यो खेलमा अघिल्ला खेलजस्तै खेल्नेछौँ । हाम्रो टीम खेल समयमा पहिलेको भन्दा राम्रा थिए । हामीले अर्जेन्टिना विरुद्धको म्याचमा धेरै राम्रो प्रदर्शन गर्यौँ । मैले खेलाडीहरुलाई कसैले दबाव नलिनु भने । मैले भने आफ्नो खेलको पुरा मज्जा लिने र उनीहरुले त्यही गरे ।’

सानो देशको लागि फुटबलको महाकुम्भमा उपाधी खेलमा पुग्नु नै ठूलो कुरा हो । कोचले भने ‘क्रोएसियाको लागि र देशको फुटबलको लागि इतिहास रचने समय हो । उनले भने, ‘हामीले अक्टुबरमा इंग्ल्यल्याण्डसँग लिग अफ नेशन्स खेल्नुपर्ने छ । हामीलाई उसँग खेल्नको लागि राम्रो स्टेडियमपनि छैन । तर हामीसँग भावना छ, गर्व छ हामीसँग प्रतिभाशाली खेलाडी छन् । एजेन्सी
 

तपाईँको मत