विश्वकप महाकुम्भ

क्रोएसिया—इंग्ल्याण्ड २-१, क्रोएसिया फाइनलमा 

fifa

रसिया । विश्वकप महाकुम्भ अन्तर्गत सेमिफाइनल खेलमा क्रोएसिया—इंग्ल्याण्ड २-१ हुँदा क्रोएसियाले जित हाता पारेको छ । 

लुझ्निकी स्टेडियम मस्कोमा सुरु भएको खेलमा पाँच मिनेटमा इंग्ल्याण्डका लागि ट्रिपरले गोल गरेका थिए । प्रत्युत्तरमा क्रोइसियाले ६८ र थप समयको १९ औँ मिनेटमा गोल गरेको थियो ।

१-१ गोल बराबरीमा रहेको दुबै टीमलाई थप ३० मिनेट समय थपिएको थियो । त्यसैको फाइदा लिँदै क्रोएसियाका पेरिसिक र मन्दजुकीले गोल गरेर क्रोएसियालाई जिताए ।

जितसँगै क्रोएसिया फाइनलमा पुगेको छ । 
 

तपाईँको मत