गाउँ सहर

कलंकी मालपाेत कार्यालयको अनुगमनमा मन्त्री खनाल

काठमाडौं । बुधबार बिहान कलंकीस्थित मालपाेत कार्यालयको अनुगमनका लागि कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ पुगेका छन् । 

सेवाग्राहीले मालपोत कार्यालयहरुमा सास्ती भोग्नु परेको गुनासो बढेपछि मन्त्री खनाल अनुगमनका लागि पुगेका हुन् ।

सेवाग्राहीहरुले मन्त्री खनालसँग भने मालपातमा सहज तरिकाले काम हुदैन । दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको सेवाग्राहीहरुले गुनासो पोखे ।

उनले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले  विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत