पत्र-पत्रिकाबाट

सेयर लगानीकर्तालाई साँवा र ब्याज भुक्तानीको चाप

  • २७ असार बुधबार, २०७५ | ०८:२१:०० मा प्रकाशित

काठमाडौं ।सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

वित्तीय संस्थाले चालु आर्थिक वर्षको असार मसान्तभित्र साँवा र ब्याज तिर्न दबाब दिएपछि लगानीकर्ताले सेयर बिक्री गरेरै भए पनि भुक्तानी गर्दा सेयर बजार ओरालो लाग्न पुगेको हो।

बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा ऋण लिनेले चालु आर्थिक वर्षभित्रमा बुझाउनुपर्ने साँवा ब्याज बुधबारसम्म बुझाउन सक्ने सेयर लगानीकर्ता संघका महासचिव जगन्नाथ पुडासैनीले बताए ।

बैंक तथा वित्तीय संस्थाहरु आर्थिक वर्षको अन्त्यमा भएको नाफा–घाटाको हिसाब–किताब गर्ने अन्तिम तयारीमा जुटेका छन् । अर्थिक वर्ष समाप्त हुनुअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता सेयर लगानीकर्तालाई छ।

असारको अन्त्यमा सेयर बिक्रीको चाप बढेको स्टक ब्रोकर बताउँछन् । लगानीकर्ताहरु सेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा जुटेको एक विश्लेषकले बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ता सेयर खरिद गर्नेतिरभन्दा पनि बिक्री गर्नेतिर लागेको देखिन्छन् ।’ बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण सेयर बजारमा गिरावट आएको उनको भनाइ छ। नागरिक दैनिकमा खबर छ । 

तपाईँको मत