विश्वकप महाकुम्भ

बेल्जियमलाई एक गोलले हराउँदै फ्रान्स विश्वकप फाइनलमा 

fifa

रसिया । विश्वकप फुटबल महाकुम्भ अन्तर्गत फ्रान्स र बेल्जियमको सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १ गोलको हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा फ्रान्स-बेल्जियम १—० भएको हो ।

खेलको ५४ औँ मिनेटमा फ्रान्सका लागि उमटिटीले गोल गरेर फ्रान्सलाई अग्रता दिएका थिए । सोही गोल निर्णायक बन्दा फ्रान्स फाइनलमा प्रवेश गरेको छ । 

खेलको सुरुवात देखिनै राम्रो प्रदर्शन गरेको बेल्जियमको आखिर केही लागेन । जितसँगै फ्रान्स दोस्रो उपाधीको नजिक पुगेको छ ।
 

तपाईँको मत