जीवनशैली

स्पेशल दालको स्वाद जीवनभर याद रहनेछ, पढ्नुहोस् बनाउने विधि 

काठमाडौँ । तल उल्लेख गरिएका सामग्रीको समिश्रणमा बनाउनुहोस् आफैँ जीवनभर यादगार रहने स्पेशल दाल ।

सामाग्रीहरु 

  1. अरहर  - ३० ग्राम
  2. मासकाे दाल  - ३० ग्राम
  3. मूंग दाल  - ३० ग्राम
  4. मसूर दाल  - ३० ग्राम
  5. बाेक्रा छिलिएकाे ३ टमाटर, प्याज र खुर्सानी
  6. अदुवा बोक्रा काटेको 
  7. लसुनको पेस्ट
  8. बेसार पाउडर 
  9. रातो खुर्सानी पाउडर 
  10. धनिया पाउडर
  11. सुगन्धकाे लागि हींगकाे प्रयाेग
  12. एक चम्चा रातो खुर्सानी 
  13. एक सानो चम्चा जीरा
  14. स्वादानुसार नुन 
  15. घीउ वा दही 

बनाउने विधि 

  1. सबै दाललाई राम्ररी धुने र २० मिनेट सुकाउने  
  2. यसपछि कुकरमा दाल राखेर उमाल्ने 
  3. २ सिटी आएपछि आगो सानो पार्ने
  4. कराइमा घीउ वा दहीलाई गरम गर्ने र प्याज, अदुवा, लसुनको पेस्ट र हरियो खुर्सानी हालेर राम्ररी भुट्ने
  5. यसपछि टमाटर हालेर पकाउने र रातो खुर्सानी र धनिया पाउडर हाल्ने
  6. सानो आगोमा पकाउने
  7. त्यसपछि छुट्टै दही लगाउने, त्यसमा जीरा, साबुत, रातो खुर्सानी र हींगलाई हाल्ने
  8. धनिया पत्ता हालेर सबैलाई ख्वाउने ।

यति गर्नुभयो भने सम्झनुस् तपाइँको परिकारले संसार जिब्रो पड्काउँछ ।
 

तपाईँको मत