सेवा

घुस रकम सहित ईन्जिनियर नियन्त्रणमा 

काठमाडाैँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेल, काभ्रेमा कार्यरत ईन्जिनियर शेखरनाथ खनाल अख्तियारकाे फन्दामा परेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेल, काभ्रेमा कार्यरत ईन्जिनियर खनालले खानेपानी तथा सरसफाई सम्बन्धी कामको पहिलो किस्ताको काम सम्पन्न भई बिल भुक्तानिका लागि पेश गर्दा सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने उजुरीका अाधारमा खनाललाइ नियन्त्रणमा लिएकाे हाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजलाई रु.१,३०,०००।– (एक लाख तीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा मिति २०७५।०३।२२ गते हिमालयन यति कफी सप धुलिखेल, काभ्रेबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएकाे अायाेगले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईँको मत