प्रविधि

स्मार्टफोन चार्जमा राखेर सुते, यस्तो घटना घट्यो !

  • २० असार बुधबार, २०७५ | १८:२३:०० मा प्रकाशित
Gizbot

चेन्नाइ, भारत । स्मार्टफोनको चार्जर पड्कनाले दुइजना वयस्कको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार दुई बयस्कको उमेर ९० वर्ष र उनको छोरीको उमेर ६० वर्ष थियो ।

स्मार्टफोन चार्जरको ब्लाष्ट चेन्नाइ पुलिस स्टेशनको नजिक भएको थियो । जानकारीमा आए अनुसार ९० वर्षिय हबीब मोहम्मद र ६० वर्षिय महरुमिशा रहेका छन् । उनीहरुले स्थानीय बजारबाट मोवाइल खरिद गरेका थिए ।

मृतक दुबै फलफुल बिक्रेता रहेको र उनीहरुले सुतेको समयमा आफ्नो स्मार्टफोन चार्जमा लगाएका थिए । यही बीचमा यो घटना घटेको प्रहरीले बताएको छ ।

घटनापछि उनीहरुलाई स्थानीय अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको मृत्यु भयो । प्रहरीले बताए अनुसार चार्ज पड्केर भएको घटनालाई जाँच सुरु गरिरहेको छ । यसैलाई लक्षित गरेर प्रहरीले स्मार्टफोनको चार्जिङ्गलाई लिएर चेतावनी दिएको छ । एजेन्सी
 

तपाईँको मत