दृष्‍टिकोण

‘अपेक्षानुरुप’ हुँदैछन त विश्वविद्यालयहरू ? 

शिक्षा बिकारे सकलो बिकार, शिक्षा सपारे सकलो सपार,........।

वर्तमान संरचनामा हुर्कँदो शैक्षिक घटनाक्रमले चर्चित यस्ता आख्यानहरूमा ज्ञान, अनुशासन र प्रगतिको संकेतहरू कम देखिन थालेको छ । नयाँ संरचनाले केही हदसम्म समस्या सुल्झिन्छ भनेका थियौँ तर देखिएन । केही नयाँ र पुराना विश्वविद्यालयहरूको गलत हर्कतका कारण विश्वविद्यालयहरूसँगको अपेक्षा साँगुरिएको महशुष हुन थालेको छ । यसले गर्दा राम्रा शैक्षिक सँस्थाहरुको साखमा ठुलो चोट पुग्न गएको छ । 

कहिले विद्यार्थी, कहिले शिक्षक, कहिले कर्मचारी त कहिले अन्य समस्याबाट ग्रसित विश्वविद्यालयहरू भ्रष्ट्राचारको शिकारबाट थला परेका छन् । भ्रष्ट्रमूखी गतिविधिमा कुनै न कुनै रुपमा विज्ञहरूनै संलग्न रहनाले शिक्षा क्षेत्रमा नराम्रो चोट पूग्न गएको सर्वविद्यितै छ । उसै त विभिन्न समस्याहरूबाट ग्रसित उच्च शिक्षामा यो अर्को समस्या देखिँदा शैक्षिक प्रगतिमा ठुलो धक्का पूग्न गएको छ । शैक्षिक बेरोजगारीको बढ्दो प्रतिशत यसको गत्तिलो प्रमाण हो ।

नेपालमा विश्वविद्यालयको इतिहास त्रिचन्द्र कलेजसँग जोडिन्छ जुन सन् १९१८ मा स्थापना भएको थियो । जसको अवधारणाबाट नै विश्वविद्यालयको आगमन् भएको पाईन्छ । त्रिभूवन विश्वविद्यालय सन् १९५९ मा मात्र स्थापित संस्था हो । पछि आएर यसलाई स्वायत निकाय बनाइयो जसमा प्रत्येक वर्ष ठुलो धनराशीको सरकारी बजेट छुट्याउनुपर्दछ । नेपालमा त्रिभूवन(सन् १९५९), संस्कृत (सन् १९८६), काठमाडौँ (सन् १९९१), पूर्वाञ्चल (सन् १९९३), पोखरा (सन् १९९७), लुम्बिनी वौद्ध (सन् २००६), मध्यपश्चिम (सन् २००९), सुदूरपश्चिम (सन् २०१०), कृषि बन विज्ञान विश्वविद्यालय (सन् २०१०) आदि विश्वविद्यालयहरू सञ्चालनमा छन् । 

उसै त विभिन्न समस्याहरूबाट ग्रसित उच्च शिक्षामा यो अर्को समस्या देखिँदा शैक्षिक प्रगतिमा ठुलो धक्का पूग्न गएको छ । शैक्षिक बेरोजगारीको बढ्दो प्रतिशत यसको गत्तिलो प्रमाण हो ।

त्रिभूवन, संस्कृत विश्वविद्यालय पुरानै भइहाले, काठमाडौँ, पूर्वाञ्चल, पोखरा, लुम्बिनी, मप, सुप, कृषि विश्वविद्यालयहरू त्यसपछिका दिनबाट सञ्चालनमा छन् । शुरुवातबाटै झमेलामा फँसेको मध्यपश्चिम विश्वविद्यालय केहि वर्षबाट सञ्चालनमा छ भने सुदुरपश्चिम र कृषि वन विज्ञान विश्वविद्यालय नयाँ खुलेका मध्ये केही राम्रो देखिएको छ । यसपछाडी ख्वप्प विश्वविद्यालय पनि सम्बन्धन पाउने तयारीमा देखिएको छ तर निश्चित छैन । यसरी हेर्दा करिब २ दर्जन विश्वविद्यालयहरु सञ्चालन गर्न प्रस्ताव गरिएका छन् । प्रत्येक वर्ष कलेज जस्तै हाम्रो देशमा पनि विश्वविद्यालयहरू यसरी खोलिँदा यसको दिगोपनमा शंका उत्पन्न हुँदै गएको छ । भएका विश्वविद्यालयहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै जानु अनि त्यहि परिस्थितिमा नयाँ विश्वविद्यालय खुल्नुले एकातिर पहुँचतामा वृद्धि देखिएको छ भने अर्कोतर्फ जनतामाझ शैक्षिक क्षेत्र प्रतिश्पर्धाका कारण बिग्रने त होइनन् भनि प्रश्नहरू पनि नउब्जीएका भने होइनन् ।  

चालू विश्वविद्यालयहरूमध्ये केहि समयदेखि देशका पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, पोखरा र संस्कृत विश्वविद्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजरमा परेको थियो । गत्तिलो प्रमाण नपूगेपछि अख्तियार पछाडि हट्यो, तर धब्बा रहिरह्यो । पूरानो विश्वविद्यालयको कागजात् र ओहोदाको प्राज्ञलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिई अहिलेपनि कारबाही अगाडि बढाइरहेको छ । देश तथा विदेश अचम्ममा छ, प्राज्ञिक स्थलहरूमा बढेको आर्थिक अनियमितता र त्यसले उब्जाएका गम्भिर प्रश्नहरूका बारेमा । हरेकको दिनाचार्य बनेको प्राज्ञ बहसमा, अनि चिन्तित बनेका छन् सरोकारवालाहरू, शैक्षिक साखमा आएको दागको विषयमा । अर्कोतिर लागेको दोश प्रमाणित नभएको खण्डमा उहि साख फर्केला ? बिना प्रमाणका उजुरीका कारण दोश देखाउन नसकेर सफाई त ओहोदाले पाए तर साखमा लागेको दागले अझै विश्वविद्यालयमा शंकाको बाढी पसाइदिएको छ ।  

भएका विश्वविद्यालयहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै जानु अनि त्यहि परिस्थितिमा नयाँ विश्वविद्यालय खुल्नुले एकातिर पहुँचतामा वृद्धि देखिएको छ भने अर्कोतर्फ जनतामाझ शैक्षिक क्षेत्र प्रतिश्पर्धाका कारण बिग्रने त होइनन् भनि प्रश्नहरू पनि नउब्जीएका भने होइनन् ।  

सबै ठाउँमा बेसँस्कार हुर्कँदै गर्दा विश्वविद्यालयहरूमापनि बेथिति मौलाएको स्पष्टै छ । भएका संरचनामा सुधार ल्याउनु कता हो कता सुरुवातमै र प्रगतिपथमा लाग्नुपर्ने बेलामै पूर्वाधार निर्माण, सम्बन्धन, ठेक्कापट्टा, भत्ता, मनोरञ्जन, अस्पष्टता विविध आदि गतिविधिमा संलग्न रहि मोटो रकम हिनामिना गरिनुले एकातिर नयाँको दिगोपन र पुरानाको खस्किँदोपन् प्रष्ट्र पारिदिएको छ । यो क्रम रोकिएको पनि छैन । नयाँले सकेका छैनन् तर पूराना दिनकै जुठो हुन्छन् । प्राज्ञिक निकायमा अपारदर्शितामा बढ्दै गएको छ । यस कार्यमा माथिदेखि तलसम्म कुनै न कुनै रुपमा मुछिएकै देखिएका छन् । 

संघीय राज्य सत्तालाई आधार बनाई स्थापीत नयाँ विश्वविद्यालयहरू एकातिर वैज्ञानिकताको अभावमा खडा भएभने अर्कोतिर सुरुवातमै यो अवस्थामा पुग्नु विडम्बना देखिएको छ । यसको उदाहरणमा हामी समायोजनको विवाद प्रष्ट देख्न सक्छौँ । यस्ता अस्पष्टताले शैक्षिक दिगोपनमा ठुलो असर गरेको छ । गुणस्तरियताको नाममा पाठ्यक्रममा मिलान, विषयवस्तु र समयमा समस्या देखिएको छ । यसरी हेर्दा विश्वविद्यालयहरूमा भनिदैँ आएकोे सैद्धान्तिक अस्पष्टता, संस्थागत जटिलता र पेशागत असुविधाहरू पहिलेपनि उस्तै थिए र अहिलेपनि जस्ताको तस्तै रहेको अझै प्रष्टै देखिएको छ । यसमा थप हुनुपर्ने सुधार देखिएको छैन । 

विश्वविद्यालयहरूले गरेका एकपछि अर्का निर्णय र तिनका कार्यविधिमा अनेकन समस्याहरू यस क्षेत्रमा देखिनु अब सामान्य बन्न पूगेका छन् । सहि समयमा सहि निर्णय गर्न नसक्दा वाधा तथा व्यवधानहरूले क्रमशः विश्वविद्यालयहरूलाई थिच्दै गएको छ । कहिले सम्बन्धन त कहिले स्थाई, करार, आंशिक, शिक्षक र कर्मचारीका भर्नादेखि निवृतिभरण सम्मका समस्याहरू, समायोजनको पारदर्शिता, विश्वव्यापीकरणको उल्टो शैली, परीक्षा प्रणालीका विविध समस्याहरू, आंगिक क्याम्पसका जटिलताहरू र अन्य सुविधा, सोच र क्षेत्रबाट माथि उठ्नमा कठिनाई आदि समस्याहरू मुख्य तगारो बन्दै आएकोमा अब आर्थिक अनियमितता प्रमुख बनेको छ, केहि विश्वविद्यालयहरूको ।

विश्वविद्यालयलाई मागि खाने भाँडो बनाइनु हुन्न, परिणाममूखी अपरिहार्य छ । दिनगिन्ति गरेर हिसाव खोज्ने दिन आएका छन् । यसो गर्न सकेमात्र तपाइँ हाम्रो विश्वविद्यालयप्रतिको अपेक्षा पूरा हुँदै जानेछ ।

यसकारण शैक्षिक धब्बा र त्यसले सृजना गरेको धावालाई मार्गदर्शन बनाएर भविश्यप्रति बफादार बन्नु पुराना सँगै नयाँ विश्वविद्यालयहरूको मुख्य कार्यभित्र राखिनुपर्दछ । जनशक्तिको सहि व्यवस्थापन, पूर्वाधार निर्माणमा विस्तार, गुणस्तरमा वृद्धि, आन्तरिक र बाह्य शैक्षिक बसाइँसराइमा विकर्षण, सुलभ र सरल अध्ययन पहुँचता, अब्बल शिक्षण विधि र प्रविधि आदि प्राथमिकतामा पारिनुपर्दछ । अपारदर्शीतालाई कम गर्दै अहिले देखिएका विभिन्न चुनौतिहरूलाई चेतावनी स्वरुप उपयोगको रुपमा प्रयोग गर्न सकिन्छ । 

विश्वव्यापीरुपमा सोचेर स्थानीय तबरले काम गर्ने बहानामा काखा र पाखाको शैलीलाई आत्मसात गरिनु हुँदैन । स्थापनाको पहिलो चरणमै यसरी विभिन्न समस्याहरूमा फँस्यो भने भविश्य अन्धकार शिवाय केहि हुने छैन । तर, विश्वव्यापी अनुभव र मानिसहरूको योगदानलाई अवसरको रुपमा लिएर भरपुर फाइदा लिन सके भविश्यमा कहलिएका विश्वविद्यालय बन्नेमा दुइमत रहँदैन । 

समय अझै छ, आफुले गरेको गल्तिलाई स्वीकार्दै आत्माआलोचना गरिनु आवश्यक छ । तर, पुनः रिस, राग र बैमानस्यता स्वरुप पालो पु¥याउने र पालोको पैँचो तिर्न शक्तिको गलत प्रयोगमा लाग्ने हो भने भएका र प्राप्त गरेका शैक्षिक प्रगतिमा ठेस लाग्ने पक्का छ । भित्रि शक्तिको दवाव, खेल र दादागिरी स्वीकार गर्नु हुँदैन । तसर्थ, नयाँ विश्वविद्यालयहरूले शैक्षिक विकासमा न्याय दिने बहानामा भाविपिढीलाई मर्का पर्र्ने कार्यमा संयमतापूर्वक पाइला चाल्नुपर्ने आम जनताको अपेक्षालाई पूरा गर्न कति काम गर्नुभयो ? कति बाँकी छन् ? सरोकारवालको प्रश्न भने कायमै छ । तपाइँ हामीलाई चाहिएको विश्वविद्यालयले के दियो ? उसलाई बढाउन के दिनुपर्छ ? र हाम्रो रगत—पसिना सहितको लगानीले कसरी—कसरी काम गर्नुपर्छ ? त्यसको उत्तर हामी जनताले लिनैपर्छ । विश्वविद्यालयलाई मागि खाने भाँडो बनाइनु हुन्न, परिणाममूखी अपरिहार्य छ । दिनगिन्ति गरेर हिसाव खोज्ने दिन आएका छन् । यसो गर्न सकेमात्र तपाइँ हाम्रो विश्वविद्यालयप्रतिको अपेक्षा पूरा हुँदै जानेछ ।
 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत