दृष्‍टिकोण

डा. केसी पक्राउ : अधिनायकवादको प्रारम्भिक लक्षण !

kathmandu post

डा. गोविन्द केसी जुम्लामा पक्राउ भन्ने समाचार सुन्दा हामी सर्वसाधारणले देशमा अधिनायकवादको प्रारम्भिक लक्षणहरु देखा परेको ठहर गरेका छौँ । चिकित्सा क्षेत्रको विकृति र विसंगति अन्त्य गर्न पटकपटक अनशन बस्दै आउनुभएका डा. केसीलाई पक्रिएर, डा. केसी जहाँ उभिन्छन् त्यहीँ ठाउँलाई निषेधित क्षेत्र भनेर घोषणा गरिदिएर नागरिकले सत्याग्रह पनि गर्न नपाउने  अवस्थाको सिर्जना हुनु पक्कैपनि दुःखद विषय छ । यो गलत कदमले कम्युनिष्ट सरकार अधिनायकवादको पथमा हिँडदैगएको र यो सरकारको मुटु स्पात भन्दा कडा र धोकेबाजहरुको भन्दा निर्दयी बन्दै गएको अनुभुति भएको छ । 

डा. केसीले ३ करोड ज्यादा नेपालीको हितको लागि पटक-पटक को अथक मेहेनेत र आफ्नो ज्यान हत्केलमा राखेर सत्यग्रहमार्फत हासिल गरेका उपलब्धिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिगामी ऐन मार्फत लत्याइदिने प्रपञ्च गर्दैछन् । मन्त्री पोखरेल माफियाको सरदार जस्तो बनिदिँदा मेडिकल माफियाहरु डा. केसीकोे विरुद्ध एकतावद्ध हुँदैछन, अनि स्वास्थ क्षेत्रका लुटेरा मिलेर  करोडौं नेपालीका हितको लागि लडने डा. केसीलाई एक्लो बृहस्पति बनाई छाडने र जनताको अधिकारको लडाइँमा लागिरहेका केसीको आन्दोलन निस्तेज पार्ने धुनमा सबै शक्ति प्रयोग गर्ने ध्याउन्नमा रहेको देखिन्छ ।

यि नैतिकता गुमेका भनौदाहरुले गर्न सक्ने भनेकै यहि धरपकड हो, निषेध हो, प्रकाउ न हो अनि जेल हाल्ने नै यिनै गोविन्द केसीहरुलाई हो । जनताको हितमा बोल्ने रवि लामिछाने जस्ता पत्रकारहरुलाइ हो ! लोकमान, चुडामणिहरु त ठूलो स्वरमा समाजवादको भजन गाउने नेताजीहरुलाई बिटो सुम्पन्छन  अनि बिचराहरुले कसरी आफ्नै पेटमा लात मारुन त ?

सत्य, निष्ठा र इमान्दारीताको लडाइँमा लाग्ने केसीको सत्याग्रहमा यो सरकारले गरेको धरपकड हेर्दा  यो सरकार मसानघाटमा बसेर रत्यौली खेलिरहेको जस्तो लाग्छ । पक्कैपनि मसानघाटमा रत्यौली  खेल्ने यो सरकारसंग ममता भेटिने कुरा त हुँदै भएन अनि अधिनायकवाद रेल वा पानी जहाज चढेर आउने पनि हैन, आउने यसरी नै हो ।

डा. केसीले राखेका मागको सवालमा शेर बहादुर, केपि ओली, पुष्पकमल, बाबुराम लगायतका नेताहरु  जति नै उफ्रिएर समर्थन र बिरोध गरेपनि यिनीहरु सबै गलत हुन् । पटक पटक सहमति गर्ने, सहमति तोड्ने डा. केसीसँग निहुँ खोज्ने, अनशन बस्न बाध्य पार्ने, नेपाल सरकार गलत हो यो गलत प्रवृत्ति भएका नेताहरु विगतका आफ्ना कमजोरी लुकाएर गोविन्द केसीसँग आँखा जुधाउन नै सक्दैनन् । 

डा. केसीको नैतिकता मापन शक्ति यो सरकार र यि नेताहरु भन्दा धेरै माथि छ ।  यि नैतिकता गुमेका भनौदाहरुले गर्न सक्ने भनेकै यहि धरपकड हो, निषेध हो, प्रकाउ न हो अनि जेल हाल्ने नै यिनै गोविन्द केसीहरुलाई हो । जनताको हितमा बोल्ने रवि लामिछाने जस्ता पत्रकारहरुलाइ हो ! लोकमान, चुडामणिहरु त ठूलो स्वरमा समाजवादको भजन गाउने नेताजीहरुलाई बिटो सुम्पन्छन  अनि बिचराहरुले कसरी आफ्नै पेटमा लात मारुन त ?

सत्य र निष्ठाको लडाइँमा डा. बेसी उनी भन्छन, ‘परिवर्तनका नाममा हतियार बोकेर व्यक्ति हत्या गर्दै नहिँडी, रेलिङ नभाँची, सार्वजनिक शिक्षा र स्वास्थ्यमा व्याप्त  ब्यापार बन्द गर भन्नु मेरो गल्ती हो भने, म यस्तो गल्ती मेरो प्राण रहुन्जेल गर्न तयार छु ।’

नेताहरु त  खोकी लाग्दा, पेट दुख्दा, गोटा पर्दा खाना खाएर अपच हुँदासमेत पनि  उपचार गराउन  विदेश गैहाल्छन ! तर, तपाइँ हामी जस्ता त यहीं हो उपचार गराउने, दिनभर काम गरेर बेलुका परिवार पाल्ने हामीहरु कहाँ उपचार गर्न विदेश जानू, हामी त सिटामोल समेत गाउँमा खान नपाएर तड्पि तडपि मर्ने हो । त्यै भएर यही वेथिती यही अराजकता  विरुद्ध लड्ने गोविन्द के.सीलाई साथ दिने हामी हौँ । नेता माफिया र धनाढ्यले यो आन्दोलनलाई साथ दिँदै दिँदैनन् ! उनीहरुले डा. केसीलाई पागल देख्छन । ल ठिकै छ डा.केसी पागल नै हुन, यी पागलले फेरी कर्णालीमै डाक्टर पढन पाउनुपर्छ भन्दै जुम्लामा अनशन बसेछन । अनशन बसेको त्यो पागल डा. लाई पुरै सदरमुकामभरी निषेधित क्षेत्र घोषणा गरेर महान सरकारले गिरफ्तार गरेर ठूलो बहादुरी काम गरेछ, बधाई छ सरकार बधाई छ । यो देशका माफियाहरु बधाई छ, पूँजिपति भनौँदाहरु तिमीहरुलाइ जसले डा. केसीजस्ता हामी जनताको भाषामा मानवरुपी भगवान तिमीहरुको भाषामा  गोविन्द केसी अर्थात पागल जसको मुख बन्द गर्नुपर्छ, अनशन बस्न दिन हुँदैन भनेर हिँडदैछौ !

मुख मात्रै हैन यो पागललाइ फाँसी नै दिनुपर्छ यस्ता पागल डाक्टरलाई ! कर्णाली जस्तो पीछडिएको ठाउँमा त्यस्तो बोल्ने? कमसेकम काठमाडौंको लागि त बोल्नुपर्छ ! व्यापारी र माफियाको पक्षमा त बोल्न पर्छ ! सत्य र निष्ठाको लडाइँमा डा. बेसी उनी भन्छन, ‘परिवर्तनका नाममा हतियार बोकेर व्यक्ति हत्या गर्दै नहिँडी, रेलिङ नभाँची, सार्वजनिक शिक्षा र स्वास्थ्यमा व्याप्त  ब्यापार बन्द गर भन्नु मेरो गल्ती हो भने, म यस्तो गल्ती मेरो प्राण रहुन्जेल गर्न तयार छु ।’

डा. केसीको यो भनाइ र सत्याग्रह देख्दा देशमा जुनसुकै तन्त्र आएपनि हाम्रा आदरणीय नेताको सोचमा परिवर्तन आउँदैआएन । हामी नेपालीले चाकडी, लालची, दास, निर्दयी र फरेबीहरु मात्रै नेता र नेतृत्वमा पुर्याउन सफल भएको आभास भैरहेको छ ।  जनतामा नेता र नेतृत्वप्रति अहिले झनै निर्लज्ज, हिनतावोध ग्रस्त मानसिकताको विकाश भैरहेको छ ।
 

नेताहरु त  खोकी लाग्दा, पेट दुख्दा, गोटा पर्दा खाना खाएर अपच हुँदासमेत पनि  उपचार गराउन  विदेश गैहाल्छन ! तर, तपाइँ हामी जस्ता त यहीं हो उपचार गराउने, दिनभर काम गरेर बेलुका परिवार पाल्ने हामीहरु कहाँ उपचार गर्न विदेश जानू, हामी त सिटामोल समेत गाउँमा खान नपाएर तड्पि तडपि मर्ने हो ।


तसर्थ, बिगतका घटनाहरुको साक्षी नेता भनाउँदाहरु पनि सामेल भएको हुँदा  यो शासन सत्ता र यो नेताको विरुद्ध आम मान्छे सडकमा आएर इमानदारीता र सत्यताको लडाइँको खातिर  अधिनायकवादी यो शैलीको भन्डाफोर गरि आन्दोलनको आगो बाल्न पर्यो भने त्यो साह्रै नीर्दयी र कठोर हुनेछ ।

लगभग् सबैजसो नेपालीलाई यो थाहा भैसकेको छ् की मेडिकल माफिया नै नेताहरु हुन् । देशमा कयौँ जनप्रतिनिधिको काहिँ न कहिँबाट माफियासँग सम्बन्ध बनमारा झार झैँ झाँगिदैछ । भाई, भतिजो, काका, मामाको छोरा जे जस्तो भएपनि आफ्नो व्यावसाय चौपट कसैले पनि पार्न सक्दैनन् । बचाउनको लागि नेता बन्या हुन भन्ने कुरा उजागर हुने क्रममा छ ।  यसकारण प्रिय यो देशका शासकहरु बिन्ती छ,  डा. केसीलाई एउटा अपराधीलाई झैँ  पक्रिएर अधिनायकवाद सुरु भएको उदाहरण नदेउ ।
 

तपाईँको मत