दृष्‍टिकोण

धान र दहीको परनिर्भर असार पन्ध्र

असार १५ किसानहरुले मनाउने विशेष पर्व, चाड,परम्परा, संस्कृतिको रुपमा रहँदै आएको छ । यस दिनलाई सामाजिक, धार्मिक, सांस्कृतिक पक्षसँग पनि जोडेर हेर्ने गरिन्छ । मुलुकभर १५ औं राष्ट्रिय धान दिवस मनाइँदैछ। यस वर्ष  ‘धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि’ भन्ने मूल नाराका दिवस मनाइँदैछ । ।

असारको मनसुन प्रारम्भ भएदेखि देखिने किसानहरुको खुशी असार मध्यसम्म आइपुग्दा खेतमा धान रोपाईँको रन्कोले छपक्कै छोपेको हुन्छ । असार १५ खेतमा रोपार्इँ  गर्दै दही चिउरा खाएर हिलो छ्यापाछ्याप गरेर असारे भाका हाल्दै रोपार र बाउसेबीचको दोहोरीसहितको विशेष आकर्षण हो । देवतालाई बीउ चढाएर थालनी गरिने रोपाईँमा आलोपालो पर्मले सामाजिक एकता र सदभाव कायम राख्न सघाउ पुर्याउँदै आएको छ भने यस दिन दही चिउरा खानाले शरिरमा स्फूर्ति उत्पन्न हुने जनविश्वास रहेको छ । वर्षामा हिलाम्य भएको शरिरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन चलिआएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानलाई वर्षको बालीको रुपमा घोषणा गरेको थियो । नेपाल सरकारले पनि २०६१ सालदेखि हरेक असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा देशैभरी विविध औपचारिक कार्यक्रम आयोजना गरेर मनाउदै आएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा विशेष पर्वको नै मानिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकोले पनि यसले अझ महत्व राख्दछ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधा भन्दा बढी जमिनमा धानखेती हुने गरेपनि करिब एक चौथाई क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा मनसुनमै भर पर्नुपर्ने स्थिति छ । आकाशे पानीको भर पर्नुपर्ने भएकाले कतिपय स्थानमा समयमा रोपार्इँ हुन सक्दैन । नेपालको प्रमुख खाद्यान्न बाली अन्तर्गत पर्ने धान उत्पादनले अर्थतन्त्रमा समेत असर पार्दछ । 

देवतालाई बीउ चढाएर थालनी गरिने रोपाईँमा आलोपालो पर्मले सामाजिक एकता र सदभाव कायम राख्न सघाउ पुर्याउँदै आएको छ भने यस दिन दही चिउरा खानाले शरिरमा स्फूर्ति उत्पन्न हुने जनविश्वास रहेको छ । वर्षामा हिलाम्य भएको शरिरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन चलिआएको छ ।

सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ। गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ। चालू आर्थिक वर्ष ०७४/७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत आवको भन्दा ७९ हजार मेट्रिक टन थोरै हो । मौसम राम्रो हुँदा गत आव ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । नेपालको जनसंख्यालाई नौ लाख मेट्रिक टन चामल अपुग छ। पोषणका लागि एक व्यक्तिलाई वार्षिक एक सय ३८ किलो चामल चाहिन्छ। त्यसलाई आधार मान्दा दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनसंख्यालाई वार्षिक ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ। चालू आवमा उत्पादन भएको धानबाट करिब ३० लाख ९० हजार ६ सय मेट्रिक टनमात्र चामल तयार हुन्छ।

पछिल्ला वर्ष शहर नजिकतिर केही मानिसहरु रमाइलोका लागि हिलो खेतमा पसेर रमाइलो गर्ने र फोटो सामाजिक सञ्जालमा हाल्ने प्रतिस्पर्धा बढ्दो छ । मन्त्री तथा सरकारका उपल्ला दर्जाका अधिकारीहरु पनि त्यसको ग्ल्यामरसमा रमाएर खेतसम्म पुग्ने गर्दछन् । हिलोमा हलो कोदालो गरि पसिना बगाइ तयार पारेको खेतमा ठूलाबडा भनाउँदाहर सेल्फी लिन जात्रा गरिरहेका तामासा देख्न सकिन्छ । सञ्चार माध्यमले पनि तिनै विषयलाई प्राथमिकताकासाथ पस्किन्छन् । त्यसको कुनै तुक छैन । सञ्चारमाध्यमले पनि वास्तविक किसानको समस्यालाई पहिल्याएर सम्बन्धित निकायलाई घच्घच्याउनु आवश्यक छ । 

रमाइलोका लागि हिलो खेतमा पसेर रमाइलो गर्ने र फोटो सामाजिक सञ्जालमा हाल्ने प्रतिस्पर्धा बढ्दो छ । मन्त्री तथा सरकारका उपल्ला दर्जाका अधिकारीहरु पनि त्यसको ग्ल्यामरसमा रमाएर खेतसम्म पुग्ने गर्दछन् । हिलोमा हलो कोदालो गरि पसिना बगाइ तयार पारेको खेतमा ठूलाबडा भनाउँदाहर सेल्फी लिन जात्रा गरिरहेका तामासा देख्न सकिन्छ ।

हरेक वर्षको धान दिवस किसानलाई भने कागलाई  वेल पाक्यो हर्ष न विष्मात भने झैं हुन्छ । तर उनीहरुका वास्तविक पीडा भने एक कानले सुनेर अर्को कानले उडाउने प्रचलनको अन्त्य हुन सकेको छैन । सरकारका सचिव वा मन्त्री एक दिन किसानको खेतमा पुगेर धानको बीउ र कोदाली समाउँदैमा किसानका दुख समाप्त हुने होइन । समस्याका चाङ्लाई फुकाएर आवश्यक कार्यनीति बनाएर सम्बोधनतिर लागे वेश हुनेथियो । विश्वकै सबैभन्दा अग्लाईमा धानखेती नेपालकै जुम्ला जिल्लाको छुमचौरमा गरिन्छ भने समुद्री सतह भन्दा ७० मिटर उचाइको झापाको केचनामा पनि धान खती गरिंदै आएको छ ।

अन्य देशको तुलनामा नेपालमा धानखेतीका लागि अनुकूल वातावरण रहेको कृषि अनुसन्धानका विज्ञहरु बताउँछन् । तर यस्तो भौगोलिक विविधतामा पनि फलाउन सकिने बालीमा पर्याप्त ध्यान जान सकिरहेको छैन । सरकारले किसानलाई न मल, बीउ समयमा उपलब्ध गराउन सकेको छ, न पर्याप्त सिंचाई पुर्याउन ठोस व्यवस्था गर्न सकेको छ । फलस्वरुप उत्पादनमा उल्लेखनीय परिवर्तन देखिएको छैन । वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण धानको उत्पादन बढाउन, नयाँ जातका बीउ सिफारिस त्यसको प्रचारप्रसारका लागि पनि धान दिवस मनाइन थालिएको भनिए पनि व्यवहारमा त्यसको परिणाम देखिने काम हुन नसकिरहेको अवस्था स्पष्ट छ । पहिले धान निर्यात गरिने अवस्था थियो तर अहिले आयात गरिन्छ भन्दै राज्यले किसानलाई मात्र दोष थापरेर उम्कन खोजेको देखिन्छ । किसानका समस्यालाई समाधानका लागि समन्वयकारी भूमिकामा सुक्ष्म ढंगले काम अगाडी बढाउन सक्रिय रुपले लागेको छैन । 

सरकारले किसानलाई न मल, बीउ समयमा उपलब्ध गराउन सकेको छ, न पर्याप्त सिंचाई पुर्याउन ठोस व्यवस्था गर्न सकेको छ । वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण धानको उत्पादन बढाउन, नयाँ जातका बीउ सिफारिस त्यसको प्रचारप्रसारका लागि पनि धान दिवस मनाइन थालिएको भनिए पनि व्यवहारमा त्यसको परिणाम देखिने काम हुन नसकिरहेको अवस्था स्पष्ट छ ।

युवाशक्ति पलायन, सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घरेडीकरण, आकाशे पानीमा परनिर्भरता, सिँचाईको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, प्रविधिकोे ज्ञान प्रयोग र ज्ञानको अभाव, किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु । यस क्षेत्रका समस्या हुन् । राज्यले किसानलाई उपलब्ध गराएको सेवासुविधाको बारेमा वास्तविक किसानसमक्ष सूचना नपुग्नु र केही सीमित शहरकेन्द्रित ढाठाबाटाले मात्र राज्यको सुविधा उपभोग गर्नुले पहुँच नपुगेकाहरु गुजारामुखीबाट व्यवसायीकतामा रुपान्तरण हुन सकिरहेका छैनन् ।

खाद्य सुरक्षाको रुपमा रहेको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै मनाइने धान दिवस वा असार १५ को विभिन्न समस्याहरु जीवितै छन् । बढ्दो जनसंख्या, घट्दो खेतीयोग्य जमीन, सिँचाइको अभाव, उच्च मूल्यका कृषि वस्तुमा प्राथमिकता, जलवायु परिवर्तनलगायतका चुनौतीहरु छन् । अहिले नेपालमा खेतीयोग्य जमीन घट्दैै गएकाले धानेखेतीमा कमी आएको छ । तराईका राजमर्ग वरिपरिका धान खेत घडेरीमा परिणत भई प्लटिङ्ग भएर मासिंदैछन् । यसतर्फ राज्यको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ । तथापी आधुनिक प्रविधि आम किसानमाझ पुग्न नसकेको कारण कतिपय खेतियोग्य जमिन बाँझो छ भने धेरैजसो व्यवसायिकरण नभएर निर्वाहमुखी छ ।  

विभिन्न राजनीतिक दलका किसानकै नाममा खोलिएका संघ संगठनहरु छन् तिनीहरुले किसान र राज्यबीच समन्वयकारी भूमिका देखाउन  तर परै जाओस् उपेक्षा गरेको पाइन्छ । यस्तो अवस्थामा अनेक नारा दिएर लाखौं खर्च गरि तामझामका साथ मनाइएको धान दिवसले किसानमा कस्तो उर्जा पैदा गर्ला ?

यदि धान दिवस र असार १५ लाई सार्थकता दिने हो भने किसानले खुशी अनुभूति गर्ने गरि मल, खाद, बीउ, प्रविधि, प्राविधिकको पहुँच र सरलता समयमा नै उपलब्ध गराउनुपर्याे । सिंचाई सुविधाको विस्तारसँगै कुलो नहर मर्मत संभारमा सहयोगी भूमिकाकासाथ उपस्थिती जनाउनुपर्याे । स्थानीय मौलिक प्रजातीका धानहरुलाई लोप हुनबाट जोगाउन बीउ संरक्षणमा विशेष कदम नचाले मौलिक धानका प्रजाती हराएर जाने निश्चित छ । विभिन्न राजनीतिक दलका किसानकै नाममा खोलिएका संघ संगठनहरु छन् तिनीहरुले किसान र राज्यबीच समन्वयकारी भूमिका देखाउन  तर परै जाओस् उपेक्षा गरेको पाइन्छ । यस्तो अवस्थामा अनेक नारा दिएर लाखौं खर्च गरि तामझामका साथ मनाइएको धान दिवसले किसानमा कस्तो उर्जा पैदा गर्ला ? उत्पादनमा वृद्धि नभएकाले हरेक वर्ष मनाईँदै आएको धान दिवसमाथि नै प्रश्च चिन्ह खडा भएको छ । तथापी धन्न धान दिवस भने मनाउन छाडिएको छैन । यसैमा कहिलेसम्म गौरव गर्ने होला सरकार ?

 

शिवराज खड्का

तपाईँको मत