गाउँ सहर

आगलागीबाट क्षति

काठमाडौं ।  बारा,करैमाई गाउँपालिका-३ नौतन बस्ने सन्फुल हकको घरमा मंगलबार राति आगलागी हुँदा करीव १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

 बर्दिया, ठाकुरबाबा नगरपालिका-६ बस्ने हरिलाल तिवारीको घरमा बुधबार आगलागी हुँदा करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

 दाङ, राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने केशब पोख्रेलको फुसको छाना भएको एकतले भान्छा घरमा मंगलबार सिलिन्डर ग्याँस लिक भई आगलागी हुँदा करीव २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत