कला

जन्मदिनमा आश्रितलाई भोजन तथा सम्मान

काठमाडौं ।  युवागायक तथा सङ्गीतकार सूर्य राई कमलले आफ्नो ३४ औं जन्मदिनको अवसर  पारेर कीर्तिपुरको बाल आश्रममा  आश्रितलाई भोजन गराएर भनाएका छन् । 

सगरमाथा फाउन्डेसनद्वारा संचालित चोभारगेट कीर्तिपुरको बाल आश्रममा राई दनुवार कलाकार संघद्वारा आयोजित उक्त कार्यक्रममा आश्रमका ५० जना बालबालिकाहरूसँग भोजन तथा मनोरञ्जन समावेश गरिएको थियो ।

जन्मदिन मनाउने विशेष कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा पृथक स्थान बनाउन सफल कलाकार दीपक क्षेत्री अनि चर्चित सङ्गीतकार विकास चौधरी सम्मानित भएका छन् । युवागायक तथा सङ्गीतकार सूर्य राई कमलको जन्मदिन पारेर छेत्री तथा चौधरीलाई भर्खरै सम्मानित गरिएको छ । 

राई दनुवार कलाकार संघका संस्थापक सदस्य सुभाष राईद्वारा संस्थागत गतिविधिमा प्रकाशसमेत पारिएको उक्त अवसरमा बालबालिकाको मनोरञ्जनमा 'झोला' चलचित्र र 'सङ्गै मिली जिन्दगीको'  बोलको गीत स्मरणसमेत गराइएको थियो ।

कार्यक्रममा चलचित्रकर्मी रोशन श्रेष्ठ, स्टण्टम्यान अतीत याक्तेन, रङ्गकर्मी तथा मोडेल दिनेशजङ्ग कार्की, समाजसेवी आर के लिम्बु, मोडल सबिना कार्की, नवगायक सुशन लिम्बु तथा कवि तथा सबाईकार नारायण नेपालसहितका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत