विश्वकप महाकुम्भ

रसियाको शानदार जित

fifa.com

रसिया । सेन्ट पिटर्स स्टेडियममा भएको समूह ए को खेलमा रसियाले प्रतिद्वन्द्वी टीम इजिप्टलाई ३-१ कोे जित हासिल गरेको छ ।

अघिल्लो पहिलो खेलमापनि साउदी अरेबलाई ५-० को फराकिलो अन्तरले खेल जितेको आयोजक रसियाले पुनः इजिप्टमाथि धावा बोलेको छ ।

घरेलु टीमका ए.फातीले खेलको ४७ औँ मिनेटमा, चेरीसेभले ५९ मिनेटमा र ड्युबा ले ६२ मिनेटमा गोल गरेर ३ गोल गरेको थियो । 

रसियाले ३ गोलको अन्तर राखेपनि इजिप्टले फल्टको कारण पेनाल्टी गर्ने अवसर पाएको थियो । पेनाल्टी पाएको इजिप्टका लागि खेलको ७३ औँ मिनेटमा मोहम्मद सल्लाहले गोल गरी गोल अन्तर घटाए । 

अब रसियाले उरुग्वेसँग र साउदी अरबले इजिप्टसँग जून २५ मा म्याच खेल्नेछन् ।

तपाईँको मत