विद्युत

करेन्ट लागेर मृत्यु

काठमाडौं । मोरङ, लेटाङ नगरपालिका- ५ खेरुवा बस्ने ५० वर्षीय सूर्य मगरको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार सोही ठाउँस्थित खेतको पानीमा ढलेको विजुलीको पोलबाट करेन्ट लागेर असक्त भएका मगरको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी,कोशी गाउँपालिका- २ बस्ने ६५ बर्षीया भादोदेवि उरावको सोही गाउँपालिका–३ स्थित आफ्नै भतिजाको घरमा गएको अवस्थामा सोमबार करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । 

 पर्सा,  वीरगंज महानगरपालिका- ८ पानी ट्याङ्कीस्थित निर्माणाधिन घरमा मोटर चलाउने क्रममा बहुदरमाई नगरपालिका- २ बस्ने ४० वर्षीय जोगेन्द्र राउत कुर्मीलाई करेन्ट लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि गण्डक अस्पताल वीरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी पर्सा सखुवा प्रसौनी गाउँपालिका- ४ स्थित सडक छेउको विद्युतको पोलमा नेपाल टेलिकमको तार जोड्ने क्रममा सोमबार सर्लाही लालबन्दी-१ घर भएका २४ वर्षीय प्रबेश बराललाई करेन्ट लागेकोले उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

बाँके,  खजुरा गाउँपालिका-३ खजुरा बस्ने २३ वर्षीया अनुपा राजबंशीको सोमबार नेपालगंज उपमहानगरपालिका-१२ स्थित सिग्नेट होटलमा पार्टीमा नाच्ने क्रममा बिजुलीको तारमा लडन जाँदा करेन्ट लागेकोले नेपालगन्ज नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत