कला

बैज्ञानिकहरुले गरे फिफा विश्व कप, २०१८ को विजेता घोषणा, कुन टीमले उचाल्नेछ उपाधी ?

रसिया । विश्वकप महाकुम्भमा कसले जित्छ भन्ने वैज्ञानिकहरुले घोषणा गरेका छन् । बैज्ञानिकहरुले आर्टिफिशियल इन्टेलिजेन्सलाई फिफा विश्वकप उपाधी कसले जित्छ ? भनेर प्रयोग गरेका छन् । फाइनान्सीयल क्षेत्रको अग्रणी कम्पनी गोल्डमेन सेक्सबाट गराइएको अध्ययनमा बैज्ञानिकहरुले आंकडा र अर्थमितिको मद्यतले परीक्षण गरेपछि बताए कि रसियामा चलिरहेको फुटबलमा उपाधी ब्राजिलको पोल्टामा पर्ने उल्लेख गरेको छ । बैज्ञानिक विश्व कपमा भाग लिएका सबै ३२ टीमको आंकडा र सबै खेलाडीको व्यक्तिगत अभिलेखलाई २ लाख बढी अलग अलग परिस्थितिमा राखेर मेशीनले परीक्षण गरेपछि यो निष्कर्शमा पुगेका हुन् ।

कसरी अन्तिम निष्कर्श निकाले त बैज्ञानिकहरुले ?
यतिमात्र होइन, ब्राजिललाई फिफा विश्वकपको विजेता घोषित गर्नु अगाडि बैज्ञानिकहरुले खेलमा हुने सबै ६४ भिडन्तको बारेमा पनि अध्ययन गरेको छ । ग्रुप म्याचलाई अध्ययन गरेर बैज्ञानिकहरुले यो फैसला गरेका छन् । अन्तिम सोह्रमा पुग्ने टीमको अध्ययन गरेर बैज्ञानिकहरुले अन्तिम आठमा पुग्ने टीमपनि चयन गरेका छन् । अन्तिममा फाइनल म्याचको अध्ययन गरेपछि बैज्ञानिकहरु यस निष्कर्शमा पुगेका हुन कि फिफा विश्वकपको उपाधी यसपटक ब्राजिलले चुम्ने छ ।

यही अध्ययन अनुसार कस्तो हुनेछ सेमीफाइनल लाइनअप ?
अध्ययनले बताए अनुसार यसपटक जर्मनीसँग फ्रान्सको विश्वकप उपाधी जित्ने संभावना बढी छ, तर सेमीफाइनलमा उसले ब्राजिलसँग हार्नुपर्ने छ । रसियाको लागि भनिएको छ उ ग्रुप स्टेजबाट बाहिर हुनेछ । यस अध्ययन अनुसार फिफा विश्वकप २०१८ को दोस्रो सेमीफाइनल जर्मनी र पोर्चुगलबीच हुनेछ । जसमा क्रिस्टियानो रोनाल्डोको टीमले हारको सामना गर्नुपर्ने छ । अर्जेन्टिना र स्पेनको बारेमा संभावना देखाएपनि दुबैको प्रदर्शन राम्रो नभएको कारण क्वाटरफाइनल राउन्डबाट बाहिरीने बताएको छ ।

यो भन्दा अगाडि २०१४ मा विश्व कपमा भएको अध्ययन यस्तै थियो 
यो अध्ययन यसपटक पहिलो होइन । फिफा विश्वकप को विजेता पत्ता लागउनको लागि आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग अगाडि पनि भएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको २० औँ संस्करणमा यही अध्ययनले विजेताको घोषणा गरेको थियो । त्यसबेला पनि ब्राजिल नै पहिलो हुने बताएको थियो तर पुगेन । त्यसताका ब्राजिल सेमीफाइनलमा जर्मनीसँग ७—१ ले लज्जास्पद हार ब्यहोरेको थियो । एजेन्सी

तपाईँको मत