राष्ट्रिय सभा

भाग्यमानी गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष, अर्थमन्त्री डा. खतिवडाको पदावधि २ वर्ष

  • ४ असार सोमबार, २०७५ | १२:२९:०० मा प्रकाशित

काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ ।

गोला प्रथाबाट २ वर्ष, चार वर्ष वा ६ वर्ष कति पदावधि हुने भन्ने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको पदावधिक २ वर्ष कायम भएको छ। सोमबार भएको गोलाप्रथाबाट उनको पदावधि कायम भएको हो। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ ।

 उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ ।

कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।

कोमल वलीले तानिन् ४ वर्षे हुने भएको छ ।

 

 




 

 

तपाईँको मत