खेल

यी हुन् विश्वकप हेर्न मिल्ने नेपाली च्यानल

  • ३१ जेठ बिहीबार, २०७५ | १५:३२:०० मा प्रकाशित

काठमाडौं । नेपाली च्यानलमा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण चार ओटाबाट हुने भएको छ ।

मिडिया हबको साझेदारीमा  नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन स्पोर्टस् र एनटीभी प्लसबाट फिफा विश्वकप २०१८ को प्रत्यक्ष प्रसारण हुने भएको छ । 

मिडिया हबले यो सुबिधा “राम्रो नै हेरौ, हाम्रो मै हेरौ” भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ ।

फिफा विश्वकपलार्इ अर्घाखाँची सिमेन्टले प्रस्तुत गरेको छ भने बजाज पल्सर एनएस २००, कोका कोला र राईनो ५०० डी साथमा रहेका छन् । साथै, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकले साझेदारी गरेका छन् भने प्रसारणको समर्थन हिमस्टार एलईडी बल्ब, एनआईसी एसिया बैंक, सर्भो लुब्रिकेन्टस् र एसियन पेन्टस्को रहेको छ  ।

 

तपाईँको मत