खेल

वर्ल्ड कप, २०१८ : चियावाला; मेस्सीका जब्बर फ्यान, घरलाई बनाए “अर्जेन्टिना”

नयाँ दिल्ली । रसियामा विश्व कपको २१ औँ संस्करण सुरु हुन अब केही घण्टामात्र बाँकी छ । जसरी महाकुम्भ सुरु हुने समय नजिकँदैछ उसरी नै फुटबलको गर्मीपनि उत्तिकै बढ्दैछ ।
भारतमा फिफा विश्व कपलाई लिएर खेल प्रेमीबीच उत्साह र उमंग देखिन थालेको छ । हुन त भारतमा मात्र नभएर विश्वमा नै यो क्रेज बढेको छ । तर, कोलकत्तामा भने एक फुटबल प्रशंसक शिव शंकरले आफ्नो घरलाई अर्जेन्टिनाको राष्ट्रिय झण्डाको रंगमा रंगाएका छन् । उनी चिया पसल चलाउँछन् र फुटबल स्टार लियोनेल मेस्सीका जब्बर प्रशंसक हुन् । हरेक ४ वर्षमा जब फिफा विश्व कप हुन्छ, यीनि आफ्नो घर र चिया पसललाई हल्का निलो र सेतो रंगले पोत्न थालिहाल्छन् ।

प्रशंसकले चिया पसलको नाम नै राखे ‘अर्जेन्टिना’
पश्चिम बंगालबाट उत्तर २४ जिल्लाको रेल्वे स्टेशनमा तपाइँ कसैसँग ‘अर्जेन्टिना चिया पसल’को स्थान बुझ्नुभयो भने स्थानीय जो कोहिलेपनि सहजै बताउँछन्, उनीहरु खुसी हुन्छन् । मेस्सीसँगको नाता यीनि ५३ वर्षिय पात्रको अचम्मको छ । चिया पसल चलाउने यी पात्र रसिया गएर फिफा विश्व कप हेर्न चाहन्थे । तर उनले ६० हजार रुपैयाँ बचत पनि गरेका थिए । सो रुपैयाँमा रसिया गएर फर्कने कुनै ग्यारेन्टी छैन । यसकारण उनले आफ्नो तिन घर र पसललाई अर्जेन्टिना झण्डाको रंगले रंगाएका छन् । पात्रको चियाको दोकान र घर जुन गल्लिमा छ त्यहाँ अर्जेन्टिनाको झण्डा फहराइएको छ ।

लियोनेल मेस्सीको जन्मदिनमा रक्तदान शिविर
चियावाला पात्रले भने “न म धमपान गर्छु न रक्सी सेवन । मलाई सिर्फ एक चिजको लत छ त्यो हो लियोनेल मेस्सी र फुटबल ।” पात्रका परिवारले सन् २०१२ बाट मेस्सीको हरेक वर्थडे मनाउँदै आएका छन् । यसको अलावा उनले रक्तदान शिविरपनि सञ्चालन गर्छन् । मेस्सीको जन्मदिन यसपटक विश्व कपको समयमा छ, यो पटक पात्रको योजना आफ्नो फुटबल हिरोको लागि ३० पाउण्डको केक काट्ने योजना छ ।

यसको साथै शिव शंकर पात्र स्थानीय बच्चाहरुको बीचमा मेस्सीको साइनवाला अर्जेन्टिना फुटबल टीमको १० थान जर्सी बाँड्नेवाला छन् । लियोनेल मेस्सी अर्जेन्टिनाको लागि १० नम्बर जर्सीमा नै खेल्ने गर्छन् ।
 

लाइभ हिन्दुस्तानको सहयोगमा ।
 

तपाईँको मत