खेल

जान्नुहुन्छ ! वर्ल्ड कपबाट फिफालाई कति कमाई हुन्छ ?

काठमाडौँ । रसियामा विश्व कप हुने समय अब ३ दिन मात्र छ । यो विश्व कपमापनि फिफाको कमाइ मनग्य हुने देखिएको छ । फिफाको कमाई आंकडा सुनेर तपाइँ होस नगुमाउनु होला ।

फिफाको कुल ७९१ मिलियन अमेरिकी डलर कमाई हुन्छ, तर यो कमाईको बढी हिस्सा फिफाको पुरस्कार र प्रोत्साहन राशीकोलागि छुट्टीन्छ । आंकडानुसार फिफाले यस वर्ष विजेता टीमलाई ३८ मिलियन डलर, दोस्रोलाई २८ मिलियन  डलर, तेस्रोलाई २४ मिलियन डलर व्यवस्था गरेको छ । यस्तै चौथोलाई २२ मिलियन डलर, यसको अलावा क्वाटर फाइनलमा पुग्ने टीमलाई १६ मिलियन डलर र अन्तिम १६ मा पुग्नेलाई १२ मिलियन डलर प्राप्त गर्नेछन् ।

१४ जूनबाट रसियामा सुरु हुने फिफा विश्व कपमा ३२ टीमले हिस्सा लिइरहेका छन् । आठ ग्रुपमा बाँडीएको टीमले एउटा ग्रुपबाट दुइ टीम नकआउट चरणबाट स्थान बनाउनेछन् । फिफा यो वर्ष ७९१ मिलियन डलर पुरस्कार र प्रोत्साहन राशीमा खर्च गर्नेछ । यो रकम पछिल्लो ब्राजिलमा भएको विश्व कप भन्दा २१.५ करोड बढी हो । ७९१ मिलियन डलरबाट ४० करोड डलर टीमका बीचमा बाँडीनेछ । बाँकी ३९.१ करोड डलर आयोजक क्लवका जसले विश्व कपमा सहभागिता जनाएका छन् उनीहरुलाई वितरण गरिन्छ । विश्व कपमा हिस्सा लिनेवाला ३२ टीममा प्रत्येक टीमलाई १५ लाख डलर मिल्नेछ ।
 

तपाईँको मत