प्रविधि

सफ्टवेयरको गडबडीले १४ मिलियन फेसबुक प्रयोगकर्ताको प्राइभेट डाटा पब्लिक भयो

  • २५ जेठ शुक्रबार, २०७५ | ०९:२१:०० मा प्रकाशित

नयाँ दिल्ली । तपाइँ फेसबुक यूजर हुनुहुन्छ वा सोसल साइटमा एक्टीभ हुनहुन्छ भने यो खबर तपाइँको लागि डराउने हुनसक्छ । हजुर, किनभने संसारको सबैभन्दा बढी सोसियल नेटवर्किङ साइट फेसबुकका १४ मिलियन यूजर्सको प्राइभेट डाटा पब्लिक भएको छ । बुधबार कम्पनीले यो कुरा स्वीकार गरेको छ । कम्पनीका अनुसार कुनै सफ्टवेयरमा आएको गडबढीले फेसबुकका १४ मिलियन यूजर्सको प्राइभेट डाटा पब्लिक भएको हो । कम्पनीले यो गल्ति भएकोमा क्षमायाचना मागेको छ ।

सफ्टवेयर बगको कारणले जति जनताले आफ्नो डाटा फ्रेन्ड्स अन्ली गरेका थिए उनीहरुको डाटालिक भएको छ । यो गडबढी १८ मे देखि २७ मे बीचमा भएको हो । यही गडबढीका कारण यूजर्सका प्राइभेसी सेटिङ्ग उनीहरुलाई पत्तै नभई पब्लिक भएको हो । कम्पनीको प्राइभेसी अधिकारी इरिन इग्नले विज्ञप्ति जारी गर्दै सफ्टवेयरमा भएको गडबढीको कुरा सार्वजनिक गर्दै माफी मागेका छन् । उनका अुनसार सबै यूजर्सका डाटा कम्पनीले रिभ्यू गरिरहेको छ । उसले भनेको छ, 'सबै डाटा निकालिसकिएको छ अब सबै डाटा सुरक्षित छन् ।' 


 

तपाईँको मत