सेवा

प्रधानाध्यापक शाहीसहित अन्य तीनविरूद्ध अख्तियारकाे अाराेपपत्र

काठमाडाैँ । त्रिभुवन उच्च माध्यमिक विद्यालय, कोहलपुर बाँकेका प्रधानाध्यापक विमला शाहीविरूद्ध अख्तियारले अाज विशेष अदालतमा अाराेपपत्र दायर गरेकाे छ । 

भवन निर्माण, जेनेरेटर खरिद, शिक्षक नियुक्ति, पुस्तक खरिद लगायतमा अनियमितता समेत गरेकोले आवश्यक कारवाही गरीपाउँ भन्ने ब्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा त्रिभुवन उच्च माध्यमिक विद्यालय, कोहलपुर बाँकेका प्रधानाध्यापक विमला शाही, सोही विद्यालयका लेखापल राम कुमार यादव र एफिक्स टेक्नोलोजीका प्रोपाइटर सुशिला कुमारी सिंहविरूद्ध अख्तियारले अाराेपपत्र दायर गरेकाे हाे ।

अायाेगकाे विज्ञप्तिमा भनिएकाे छ, 'उनीहरूको आपसी मिलेमतोमा पुस्तक खरिद लगायतमा झुठ्ठा विल बनाई भूक्तानी लिने दिने कार्य गरी रू.१,९२,२८८/-(एक लाख बयानब्बे हजार दुई सय अठासी) आफूहरुलाई गैह्र कानूनी लाभ र विद्यालयलाई गैह्र कानूननी हानी पुर्याउने बदनियतले कार्य गरी निज राष्ट्रसेवकहरु विमला शाही र रामकुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को दहाय (ङ) बमोजिम कसूर गरेको गरेको देखिन आएको हुँदा निजहरुलाई जनही बिगो रु. १,९२,२८८/-(एक लाख बयानब्बे हजार दुई सय अठासी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरीवानाको सजाय हुन र एफिक्स टेक्नोलोजीकी प्रोपाइटर सुशिला कुमारी सिंहले उल्लिखित राष्ट्रसेवकहरुलाई भ्रष्टाचार गर्न सहयोग पुर्याई मतियारका रुपमा कार्य गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (१) बमोजिम हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश अनुसार कैद र जरिवानाको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको  छ ।'

 

तपाईँको मत