दृष्‍टिकोण

उद्यम गर्नुपर्ने युवा शेयर कारोबारको भित्तो हेरेर नअलमलिऔं  

आन्तरिक राजश्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न नियामक निकायहरुलाई पत्राचार गरेपछि शेयर कारोबार गर्नेहरु सलबलाउन थालेका छन् । 

विभागले शुक्रबारको निर्णय भन्दै आइतबारदेखि लागू हुने गरी आयकर ऐन २०५८ अनुसार अग्रिम कर असुली  गर्न पत्रचार के गरेको थियो नाफा कम खान पाइने भयो भनेर केही केही मानिसहरुको झुण्ड उफ्रिन थाले । शेयर कारोबार नगर्न नेपाल सरकारबाट इजाजत प्राप्त शेयर दलाल कम्पनीलाई नै धम्काएर मंगलबार दिनभर कारोबार गर्न दिइएन । जसको कारण कयौं शेयर कारोबार गर्न चाहने व्यक्तिहरुको नैसर्गिक अधिकार कुन्ठित गरियो । 
 
शेयर, घरजग्गा र सुन भनेको नेपालमा पैसावाल, तस्करी, अल्छेहरुले लगानी गर्ने क्षेत्र भएको छ । जहाँ न पसिना बगाउनुपर्छ न श्रम नै । पूँजीबजारको दोस्रो बजार भनेको  पूर्णरुपमा अनुत्पादक क्षेत्र नै हो । यस्ता क्षेत्रका लगानीलाई निरुत्साहित गर्नैपर्छ । त्यस्ता पैसालाई उद्योगमा लगानी गरेर स्वरोजगारयुक्त बनाउन प्रेरित गर्नुपर्ने खाँचो छ । यस्ता अनुत्पादक क्षेत्रमा करको दर बढाएर उत्पादकमूलक क्षेत्रमा लगानी बढाउन सहुलियत दिन सरकारको ध्यान जान जरुरी छ । जुन कुरा वर्तमान सरकारले ढीलै भएपनि देखेको छ । 

कतिपयले भन्ने गरेका छन् दैनिक घरायसी खर्च कटाएर सेयर बजारमा लगानी गरेका छौं । आत्महत्याको अवस्थामा पुगिसक्यौं । यो सरकार पूँजीबजारमैत्री भएन भनेर सामाजिक सञ्जालदेखि विभिन्न मिडियालाई उपयोग गर्दैछन् । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई सत्तोसरापमा लागिरहेका छन् । 

अरु क्षेत्रमा लगानी गर्ने ठाउँ छैन यस्तो अवस्थामा लगानी गर्ने भनेको शेयर बजार नै हो भन्नेहरु पनि छन् । के त्यो पैसा कृषि, उद्यममा लगाउन सकिन्न रु बाख्रापालनदेखि तरकारीखेती गर्न सकिन्न र रु त्यसका लागि सरकारले आर्थिकदेखि प्राविधिक सहयोग गर्छु भनेकै छ । किन त्यता ध्यान जाँदैन भन्दा शेयरबजार कुर्सीमा बसेर खुट्टा हल्लाएको भरमा नाफा बटुल्न पाइन्छ ।

सरकारले नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तिय संस्थालाई पनि शेयर बजारमा लगानी गर्न निरुत्साहित गर्नुपर्दछ । सट्टेबाजी कारोबार गरिने विभिन्न क्षेत्र मध्ये शेयर बजार पनि एक क्षेत्र हो । त्यसैले यो वैधानिक जुवाघर नै हो । हैन भने यसमा लाग्नेहरु सबै करोडपति भएका छन् र ? डुब्नेहरु पनि छन् नि । तर बिना आधार १०० रुपैंको सेयरलाई किन हजारौं रुपैयाँ हाल्नुपर्यो र ? अन्तिममा कोही न कोही डुब्नैपर्छ होइन र ?

पूँजी निर्माण गर्न विदेशी लगानी आकर्षित गर्ने विभिन्न माध्यम अपनाउने हो । लगानीको वातावरण सृजना गर्नेतर्फ राज्यको ध्यान जान जरुरी  छ । समृद्ध नेपाल, सुखी नेपाली बनाउँने हो भने शेयरकापछि सरकार कुदेर समय खेर फाल्ने होइन ।

नेपाल राष्ट्रबैंकले पनि शेयर कर्जा जस्ता विषयलाई अनुत्पादक क्षेत्रको लगानीको सूचीमा नै राख्नुपर्दछ । सरकारे शेयरबजारको पछि कुद्ने भन्दा पनि मुलुकभित्र लगानी उत्पादनमूलक क्षेत्रमा कसरी पूँजी बढाउन सकिन्छ भन्ने चुनौतीलाई समाधान गर्न विभिन्न माध्यामबाट संकलित पूँजी कसरी उत्पादनशील क्षेत्रतिर लैजाने भन्ने नीति र त्यसको कार्यान्वयन गर्न जरुरी देखिएको छ । बैंक वित्तिय संस्थाहरुले मुलुकभर उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउन सघाउ पुर्याउनुपर्दछ । यो क्षेत्र जोखिमको हिसाबले पनि बढी संवेदनशील  छ ।

प्राथमिक बजारमार्फत गरिने लगानी उत्पादक हो भने दोस्रो बजारमा गरिने लगानी जोखिम र अनुत्पादक हो । यसले पूँजी निर्माण हुनुको सट्टा मूलपूँजी नै गुम्न पनि सक्दछ । 

किसानले दुस्ख गरेर उत्पादन गरेका बस्तुहरु बजारसम्म पुर्याउन सकिएको छैन । त्यसको मूल्य कसैलाई मतलब छैन । खेतबारी बाझैं छन् । तर पूँजीबजारका नाममा एउटा हलमा प्रोजेक्टरबाट भित्तमा कम्पनीका नाम र शेयरको मूल्यलाई हरियो रातो पहेलो देखाएर दिनभर श्रम गर्न सक्ने मानिसहरुलाई एक कप कालो चियामा अलमलाएर समय कटाउनु देशको हितमा छ रु त्यसकारण शेयरमा लगानी गर्ने ठूला लगानीकर्ताहरुको सम्पत्ति खोजी र छानबीन हुनपर्दछ । त्यसकारण पनि पूँजीबजारमाथि कडाइ जरुरी छ । 

लेखक साना किसान तथा तरकारी खेतीसँगआवद्ध छन् । 

तपाईँको मत