स्वास्थ्य

४५ वर्ष पुगेपछि महिलाको आकर्षणमा गिरावट महशुष हुने

  • २० जेठ आइतबार, २०७५ | १९:२३:०० मा प्रकाशित

काठमाडौँ । ४५ वर्ष पुगेपछि महिलाको आकर्षणमा गिरावट आउने, यो समयमा उनीहरु केही हराएजस्तो महशुष गर्ने एक अनुसन्धानले बताएको छ । उनीहरुलाई आफ्नो आकर्षण कम हुँदै गइरहेको छ, यसकारण पुरुष उनीहरुमा ध्यान दिने गर्दैनन् । यस्तै यो अनुभव पुरुषहरुमा ४७ वर्षमा देखिन्छ । 

हार्ले स्ट्रीट कस्मेटिक सर्जन डाक्टर जूलियन डी सिल्वाद्वारा २००० महिलाहरु र पुरुषमा गरिएको सर्बेक्षणमा यहि तथ्य खुलेको हो । सर्बेको समयमा दुइतिहाइ भन्दा बढी महिलाहरुले भने कि ४० को उमेरमा पुरुष उनीहरुतर्फ कम आकर्षित हुने गर्छन्, जबकी ४५ वर्षपछि आकर्षणमा यो दर घट्दै जान्छ । सोही अनुसन्धानमा ४६ पुगेका महिलाहरुले भने “भगवान ! फेरी २०-३० को उमेर पुगेर आनन्द लिन मन छ ।” 

४३ पुगेका महिलाहरुले भने कि सेतो कपाल, अनुहारमा आउने चाउरीपन जस्ता कारण आकर्षणलाई कम गर्छ । पुरुषमा यो देखिन ४७ वर्ष कुर्नुपर्छ । त्यसपछि फेरी महिलाहरु पुरुषमा ध्यान दिँदैनन ।

सर्बेक्षणमा सहभागी ४५ वर्षकी सर्बश्रेष्ठ महिलामा हलिउड अभिनेत्री ग्वेनीथ पाल्ट्रो, केमरुन डायज र थैँडी न्यूटनपनि सहभागी भएका थिए । त्यस्तै उमेर बढेर प्रभाव महशुष गर्ने पुरुषमा हलिउडका अभिनेता मेट डेमन, इवान मेकग्रेगर र डेविड टेनेंट आदि सामेल भएका थिए ।

लण्डनमा एडवान्स्ड फेशियल कस्मेटिक एण्ड प्लाष्टिक सर्जरी सेन्टरका डा. डी सिल्वाले भने “चाहे हामी यसलाई मनपराउँ या नपराउँ, तर स्थिति महिला-पुरुष दुबैमा पचास वर्षको उमेरमा यो अवस्था आउने नै छ ।”

दहिन्दुस्तानलाइभको सहयोगमा ।
 

तपाईँको मत