प्रविधि

गुनासोपछि एप्पलले “टेलिग्राम” एपको आइओएस अपडेटको मञ्जुरी दियो

  • २० जेठ आइतबार, २०७५ | १८:२३:०० मा प्रकाशित
facebook

सन फ्रान्सिस्को । बहुराष्ट्रिय कम्पनी एप्पलले क्लाउडमा आधारित इन्सटेन्ट मेसेजिङ्ग एप “टेलिग्राम” को अपडेटको आईओएसमा मञ्जुरी दिएको छ ।

योभन्दा पहिले “टेलिग्राम” को मुख्य कार्यकारी अधिकारी रुसी इन्टरनेट उद्यमी पावेल डुरोवले एक सार्वजनिक “टेलिग्राम” सन्देशमा गुनासो गरेका थिए कि आईफोन निर्माता एप को अपडेटको ब्लक गर्दै आएको छ ।

डुरोवले शुक्रबार लेखे “एप्पल “टेलिग्राम” को आफ्नो आईओएस एपको संसारभरमा अपडेट हुनबाट रोकिएको छ । यस्तो त्यति बेलादेखि भइरहेको छ जब रुसी आधिकारीहरुले एप्पलको “टेलिग्राम” को एप स्टोरबाट हटाउने आदेश दिएका छन् ।”

रुसी सरकारले टेलिग्रामको अप्रिलमा प्रतिवन्ध गरेका थिए । किनभने मेसेजिङ्ग एप कम्पनीले रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को सम्वेदनशील प्रयोगकर्ता डेटा प्राप्त गर्नको लागि एनक्रिप्सन दिन मानेको थिएन । यहि मुद्धाको अदलतमा सुनुवाई चलिरहेको छ ।

द वर्जको रिपोर्टमा भनिएको छ “अमेजन वा गुगल क्लाउड प्लेटफर्मसँगै, रुसी सरकारले एप्पललाई पनि “टेलिग्राम” को आफ्नो आफ्नो एप स्टोरबाट हटाउन भनेको थियो । तर, क्यालिफोर्नियाको कपर्टिनो स्थित कार्यालयवाला कम्पनीले इन्कार गरेको थियो । एजेन्सी
 

तपाईँको मत