सेवा

शिक्षिका रमिताकुमारी अख्तियारकाे फन्दामा

काठमाडाैँ । अनुदान कोटामा कार्यरत शिक्षिका रमिताकुमारी सिंहले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली बनाइ सेवा प्रवेश गरी कार्यरत रहेको अभियाेगमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय, बसतपुर, बारामा प्रा.वि राहत अनुदान कोटामा कार्यरत शिक्षिका रमिताकुमारी सिंहले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली बनाइ सेवा प्रवेश गरी कार्यरत रहेको हुँदा निजको शैक्षिक योग्यताका प्रमाण-पत्रहरु उपर छानबिन गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा शैक्षिक याेग्यता नक्कली पाइएकाे अायाेगकाे ठहर छ ।

निजले बिहार संस्कृत शिक्षा बोर्ड, पटना भारतबाट मध्यमा तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएको पुष्टी भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसूर भएको देखिन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे अख्तियारकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

तपाईँको मत