गाउँ सहर

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । 

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् । उनले पार्टीभित्र एकता आवश्यक रहेको बताउँदै भने “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ ।”  

सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको उल्लेख गरे ।  

चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्ने उनले बताए । गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

 

तपाईँको मत