गाउँ सहर

“यो सरकार कुहिरोमा हराएको काग हाे”, सिन्काे भाँचेन : नेमकिपा प्रदेश सभा सदस्य गोसाइँ

२३ वटा वैठकबाट अालाेचना

भक्तपुर । सरकारको सय दिन अनउपलब्धिमूलक रहेको नेपाल मजदुर किसान पार्टीका नेता तथा प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाइँले बताएका छन् ।

शुक्रबार गाउँ सहरको टिमसँग कुरा गर्दै सदस्य गोसाइँले मधुमास उपलब्धिविहीन भएको बताएका हुन् ।

नेता गोसाइँले भने “यो सरकार कुहिरोमा हराएको काग भएको छ, सिन्को सम्म भाँचेन ।” शब्दमा बखान गरेर नअघाउने सरकारले कम्तिमापनि खाका तयार गर्नुपर्ने त्यो सम्म नगरेको उनले बताए । “सरकारले रिबन काट्नमात्र व्यस्त छ, मुर्त काम खै भएको ? जनतालाई फकाउँदै ध्यानजति नितान्त व्यक्तिगत गरेका छन् ।” उनले भने ।

उनले देश नाम मात्रको संघीय भएको र केन्द्रबाटै हरेक कुराहरु गरेको आरोप लगाएका छन् । केन्द्र सरकारकै कारण प्रदेशले अधिकार नपाएको उनले गुनासो गरे । उनले भने “केन्द्रीय सरकारबाट केही झर्ला र खाउँला भन्ने दिन आयो, यही हो संघीय अभ्यास ?” भन्दै प्रश्न गरे ।

नेता गोसाइँले यो हनिमुनसम्म सरकार व्यक्तिगतमात्र भएको भन्दै सरकारले इमान्दारिता प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । उनले भने “वर्तमान सरकारको गति हेर्दा लाग्छ आलस्यपूर्ण छ ।” 

देशले अल्छे होइन चुस्तता खाेजेकाे हो, सुस्तता होइन भन्दै नेता गोसाइँले पूनर्निर्माण, वेथिति, अधिकारको केन्द्रिकरण, झुटको खेति विरुद्ध खुलेर सरकारको आलोचना गरे । २३ वटा वैठक बसेको नेमकिपाको हरेक वैठकले सरकारको आलोचना भएकोे बताए ।

उनले सरकारको समर्थनमा अब जनता नरहेको भन्दै यदी त्यो दम्भ छ भने वास्तविकता वुझ्न घरदैलो गरि हिँडेर बुझौँ सबै थाहा हुने बताए । भागवण्डा, पक्षपातले बोलीमा विकासलाई सीमित पारिएको नेता गोसाइँले जिकीर गरे । 
 

तपाईँको मत