गाउँ सहर

वाम सरकारको सय दिनले शुभ संकेत गर्दैन : काँग्रेस सह-महामन्त्री डा. महत

नारावादी सरकार

काठमाडाैँ । नेपाली काँग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले वाम सरकारको सय दिनले शुभ संकेत नगरेको बताएका छन् ।

गाउँ सहर डटकमसँग आज कुरा गर्दै डा. महतले सो कुरा बताएका हुन् ।

उनले भने “कम्युनिष्ट गठवन्धनका संकेतहरु सकारात्मक छैनन् । वहाँहरु कानुनी शासन भन्दापनि दुइतिहाइ नजिकको दम्भमा सम्पूर्ण अधिकारहरु प्रधानमन्त्री कार्यालयमा राख्ने तयारीमा हुनुहुन्छ, त्यो शुभ होइन ।” 

डा. महतले सरकार आउँदा जुन राष्ट्रियताको कुरा लिएर आएको थियो त्यो धरातलमा नदेखिएको बताउँदै सरकार, तिनका क्रियाकलाप र अभिव्यक्तिहरुलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

“यो सरकारले कानुनलाई लत्याएको छ । सम्पूर्ण कुरा घोषणामात्र भएका छन्, प्रक्रियालाई लत्याएको छ । यस्तो पाराले राष्ट्रियताको सम्बन्धमा देखिएको चिच्चाहट सत्ताको रुपमा मात्र लिएको स्पष्ट हुन्छ । फेरी लोकतान्त्रिक संविधानमाथि प्रहार, नाराका दोब्बर आर्थिक वृद्धि व्यवहारभन्दा टाढा छ ।” उनले भने ।

कुराकानीमा उनले वर्तमान सरकार नारावादी भएको बताउँदै दुइतिहाइको अभिमतलाई जुन ठाउँमा प्रयोग गर्नुपर्ने हो त्यसमा हिँड्न नसकेको बताए ।

उनले भने “यसरी एकलौटी सरकार जान खोज्यो भने हामी निरन्तर खबरदारी गर्नेछौँ, सडक या सदन दुबैमा । जनताले सबै कुरा बुझिसके, बुझ्दैछन् । यसकारण, समग्रमा भन्नुपर्दा सरकारको सयदिन नारामा वितेको छ ।” 
 

तपाईँको मत