पूर्वाधार

'नाफा कमाउने स्पिरिट अलि कम गर्नुहोस्, नत्र दुर्घटना पनि हुन सक्छ' : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले ऋषीमूनीका सन्तान भएर गुणस्तीय उच्च शिक्षा खोज्न विदेश जानुपर्ने बाध्यता छिट्टै अन्तय हुने बताएका छन्  । 

भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २५ औं वर्ष हजारौं लगानीमा गरेको खर्च फ्रेमभित्र सर्टिफिकेट सजाउन नभइ जीवनोपयोगी हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले नेपाल जस्तो उर्वरभूमीमा  शिक्षाको सहि पढाई प्रयोग नभएको बताए  ।

कार्यक्रमलाई सम्बोधन 'हाम्रो पढाई सक्ने बित्तिकै काम लागोस् । रोजागारी खोज्दै हिड्ने भन्दा पनि रोजगारयुक्त हुनुपर्यो । हाम्रो शिक्षा प्रणाली विद्यालय पठाउने अभिभावकको सपनामा असिना हान्छौं त्यसबाट मुक्त होस् । 

अनुमानात्मक होइन प्रयोगात्मक विधिबाट शिक्षा अघि बढ्नुपर्नेमा उल्लेख गर्दै  नीजि, समुदाय तथा सरकारी क्षेत्र सबै एकजुट हुनुपनेमा जोड दिए । 
सार्थ उनले 

नीजि विद्यालय, कलेजको शिक्षामा ठूलो योगदान भए पनि जति पनि शुल्क लिन पाउने छुट अब नभएको बताए । उनले भने - 'तपाईँहरुले नाफा कमाउने स्पिरिट अलि कम गर्नुहोस् । नत्र दुर्घटना पनि पर्न सक्छ । अभिभावकलाई ढाड भन्दा ठूलो लौरोले हान्नुभएन् ।' 

शिक्षा प्रणाली बौद्धिकताको पहिचान सहित प्राविधिक शिक्षालाई केही वर्ष भित्र ७० प्रतिशत पुर्याउने योजनामा सरकार लागेको बताए ।

उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत