जीवनशैली

डन्डीफोरकाे उपचार घरमै, हातले फुटाउँदा इन्फेक्शन 

अनुहारको डन्डीफोर हातले फुटाउनु गलत 

डन्डीफोर फुटाउनु हुन्छ भने जथाभावी डन्डीफोर फुटाउँदा तपाईको अनुहार सधैको लागि कुरुप बन्ने इन्फेक्शन हुने सम्भावना  हुन्छ । अनुहारमा भएको एउटा डन्डीफोर फुटायो भने अर्को आउने गर्छ र मेकअपले पनि लुकाउन नसकिने दाग अाउँछ । डन्डीफोरलाई हातले फुटायो भने इन्फेक्शन हुने सम्भावना पनि उत्तिकै हुने चिकित्सकहरूको भनाइ छ ।

डन्डीफोर हटाउने उपचार 

अनुहारको डन्डीफोर हटाउने केही घरेलु उपाय छन् ती सबैका लगि उपयुक्त हुन सक्छ ।  घरेलु उपाय एक चन्दन र बेसारको धूलोलाई दूधमा मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाएर आधा घन्टापछि धुने । यस्तै पानीसँग जायफल घोटेर बनेको पेस्ट डन्डीफोरमो लगाउँला फाइदाजनक हुने चिकित्सकको भनाइ छ ।

२. एलोभेराको जुस नियमित सेवन गर्नाले छाला सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । साथै एलोभेराको रस छालामा लगाउनाले पनि डन्डीफोरमा राहत मिल्छ । एलोभेरा जुस बिहान बेलुका गरी आधा कप पिउनु फाइदाजनक हुन्छ । तर गर्भवतीले भने एलोभेराको जुश सेवन गर्नुु हुँदैन ।

३. राती सुत्नु अघि अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि काक्रोको एक चम्ता रसमा बेसारको धूलो मिसाएर अनुहारमा लगाउनुहोस । आधा घन्टापछि अनुहार धुँदा डन्डीफोर हटाउन सहयोग मिल्छ ।

४. डन्डीफोर ठिक गर्नका लागि अनुहारमा निमको ताजा निमको पात र चन्दन पाउडरको लेप बनाएर २५ मिनेटसम्म अनुहारमा लगाइ राख्ने अनी अनुहार धुने । यसबाहेक  खानपानमा सुधार नगरेसम्म उपचारले मात्रै समस्या समाधान हुँदैन । चिल्लो खानेकुरा नखानु र फलफूल हरियो तरकारी बढी सेवन गर्नुपर्छ । साथै पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले शरीरको विकार बाहिर निकाल्छ । एजेन्सीको सहयोगमा

गाउँ सहर संवाददाता

तपाईँको मत