गाउँ सहर

भोटेकोशीमा र्‍याफ्टिङको मज्जा (फोटो फिचर)

काठमाडौं । नेपालका केही नदीहरु र्‍याफ्टिङकै लागि कहलिएका छन् । सिन्धुपाल्चोकको भोटेकोशीका साथै त्रिशूली, मस्र्याङ्दी, सुनकोशी, भेरी लगायत नदीहरु  र्‍याफ्टिङका लागि उत्कृष्ट मानिन्छन् ।


पछिल्ला वर्षहरुमा र्‍याफ्टिङमा आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको  छ ।

भोटेकोशीमा माथिल्लो र तल्लो भोटेकोशीमा र्‍याफ्टिङ गराउने गरिएकोमा खासगरी नेपालीहरुल तल्लो भागमा मात्र र्‍याफ्टिङ गर्छन् ।

तल्लोमा बाह्रबिसेदेखि चेहेरसम्म ११ किलोमिटर जलयात्राको लागि प्रतिव्यक्ति २ हजार २ सय रुपैयाँ लाग्छ । यो काठमाडौंदेखि लैजाने, र्‍याफ्टिङ गराउने र फर्काएर ल्याउनेसहितको खर्च हो । भोटेकोशीमा र्‍याफ्टिङ गरेर एक रात बस्न तीन हजार ५ सय रुपैयाँ लाग्छ ।

खड्का भन्छन् - 'र्‍याफ्टिङ आफैंमा रोमाञ्चक जलक्रिडा भए पनि पछिल्लो समय नदीहरु अतिक्रमणमा पर्दै गएकाले समस्या देखिएको छ । नदी छेउछाउमा बस्ती हुनु र जथाभावी फोहोर फालिनुले प्रदुषण बढेको नेपाल रनर रिभरका निर्देशक राजु खड्का बताउँछन् । 

यसका साथै अनियन्त्रित रुपमा बालुवा झिक्ने र बालुवा प्रशोधन गरी लेदो सीधै खोलामा मिसाउनाले नदी झन् नदी प्रदुषित बनेको छ । यस्ता खालका समस्या तत्कालै समाधान नगरेमा र्‍याफ्टिङ व्यवसाय चौपटहुन्छ ।'

र्‍याफ्टिङ व्यवसाय पर्यटनको एउटा हिस्सा त रहेकै छ, अहिले सिजनमा यो पेशामा दैनिक सय जनाभन्दा बढीले रोजगारी पाउने गर्छन् ।

तस्विर : सागरकुमार श्रेष्ठ/नेत्रबहादुर कानू 

तपाईँको मत