गाउँ सहर

जन्मदिन कसरी मनाउने ?

काठमाडौं । सबैभन्दा महत्त्वपूर्ण कुरा जन्मदिन मनाउदा तिथिमा मनाउनुपर्छ। हामी कर्म गरे पछि फलको आशा गर्छौ,यदि हामीले विधि र विधान बाहिर बसेर कार्य गर्यौ भने  हामिले सहि फल पाउन सक्दैनौं । 

हिजो आज दियो वा बत्ती निभाएर जन्मदिन मनाइन्छ यहाँ जिवनको अध्यारो भगाउन बत्ति बालेर उज्यालो बनाइ मनाउनु हाम्रो आफ्नो विधि हो । अँध्यारोमा रमाउनु गलत हो । 

जन्मदिनमा के गर्ने त ?

१. जसको जन्मदिन हो, उसले ब्रह्म मुहूर्तमा उठेर स्नान गर्ने।

२. प्रातस्कालको नित्यकर्म सकेपछि देव अर्चन, दीप प्रज्वलन, कलश पूजन, हवन आदि गरेर बालबालिकालाई तिलक ९टिका० लगाइदिने।

३. दानको संकल्प – उपहार लिनुभन्दा पनि दान गर्नु उत्तम हुन्छ। अतस् सामर्थ्य अनुसार दान गर्ने परम्परा बसाल्ने। यसका लागि विपन्न वर्गका, अभिभावक नभएका     बालबालिकाहरूको सहायताका लागि चलाइएका बालगृह, छात्रावास आदिमा आवश्यक पर्ने खाद्य सामग्री, कापी, कलम, लुगा आदि दान गर्न सकिन्छ। यसले समाजको सेवा पनि हुन्छ, जन्मदिन मनाउने बालबालिकाको हृदयमा आनन्द पनि हुन्छ।

४. वृक्षारोपण – जन्मदिनमा एकभन्दा धेरै बिरुवा रोपेर वर्षभरि ९राम्रो गरी नहुर्केसम्म० तिनको संरक्षण गर्ने संकल्प लिने।

५. आशीर्वाद – आफूभन्दा ठूला, मान्यजनलाई अभिवादन गर्दै आशीर्वाद लिने, उनीहरूको सेवा सत्कार गर्ने।

६. अबको एक वर्षमा सेवा गर्ने, सत्य र मिठो बोल्ने, शुद्धता, सभ्य आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने संकल्प लिएर त्यसको अभ्यास गर्ने।

तपाईँको मत