गाउँ सहर

 भारतले विराटनगरको क्याम्प अफिस बन्द गर्ने  : ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ'

 काठमाडौं । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।

भारतीय दूतावासले २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुका लागि पास दिन  फिल्ड अफिस खोलेको थियो ।

यस अघि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटे पनि वेबास्ता गरिँदै आइको थियो । 


भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।

‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ’ विज्ञप्तिमा भनिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत