पत्र-पत्रिकाबाट

१ लाख १७ हजार कर्मचारी आवश्यक

  • ८ जेठ मंगलबार, २०७५ | ०७:२७:०० मा प्रकाशित

काठमाडौं । देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीय तह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ।

संगठन तथा व्यवस्थापन ९ओएनम० सर्वेक्षणले देशभर १ लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखाएको संघीय मामिाला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संघमा मात्र ३० हजार कर्मचारी आवश्यक पर्छ। सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।

स्थानीय तहमा ५७ हजार ६ सय कर्मचारीको आवश्यकता रहेको ओएनएम रिर्पोटमा जनाइएको छ। प्रदेशम भने संघ र स्थानीय तहका तुलनामा कम कर्मचारी आवश्यक पर्ने पनि रिर्पोटमा जनाइएको छ । एउटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवश्यक पर्छ। सोअनुसार सातवटा प्रदेशमाकुल २१ हजार कर्मचारी आवश्यक छ। नागरिक दैनिकमा खबर  छ ।

तपाईँको मत