पत्र-पत्रिकाबाट

त्रिभुवन विमानस्थल अब २१ घन्टा सञ्चालन

  • ८ जेठ मंगलबार, २०७५ | ०६:३४:०० मा प्रकाशित

सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलमा आयोजित कार्यक्रममा विमानस्थल थप सञ्चालनको शुभारम्भ गरे ।

यसअघि यो विमानस्थल १८ घन्टा सञ्चालनमा थियो । जहाज र यात्रुको अधिक चापले विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित भई हवाई ट्राफिक अधिक भएपछि त्यसको व्यवस्थापनका लागि सञ्चालन समय बढाइएको हो ।

हवाई ट्राफिकलाई मध्यनजर गरेरअब नेपाल भित्रिने नयाँ वायुसेवा कम्पनीले रातको समयमा मात्र उडान अनुमति प्राप्त गर्नेछन् । खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।

तपाईँको मत