विश्व

चीनमा विषाक्त खानाका कारण एकै गाउँका ८७ जना विरामी

  • ८ जेठ मंगलबार, २०७५ | ०५:०९:०० मा प्रकाशित
Organics.org

चोङगोइङ, चीन । चीनको दक्षिणपश्चिमी उशान काउन्टीको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना विरामी परेका सोमबार स्थानीय अधिकारीले बताएका छन् । 

आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो । 

स्थानीय समय अनुसार सोमबार विहान ११ बजेसम्ममा ३५ जनालाई उपचारपछि घर पठाइएको छ भने ५२ जनाले अझै अस्पतालमा भर्ना भै उपचार सेवा लिइरहेका छन् । अस्पतालमा उपचाररत सबैजना खतरामुक्त रहेको जनाइएको छ । 

उशानको सुरक्षा प्रशासनले उक्त घटनामा दोषी भनी आरोपित केही व्यक्तिलाई हिरासतमा लिएको छ भने विरामीहरूले प्रयोग गरेको तयारी खानाको नमूना परीक्षणका लागि ल्यावमा पठाइएको छ । रासस/सिन्ह्वा

तपाईँको मत