गाउँ सहर

आफ्नो 'नेपाल कम्युनिष्ट पार्टी' सँग  नाम जुधाएकोमा अध्यक्ष ऋषिराम कट्टेलको आपत्ति 

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेल अध्यक्ष भएकको  नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । 

अध्यक्ष कट्टेलले  दफा  ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपालको कानुन र संविधान  अनुसार निर्वाचन आयोगमा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन ।’, उनले भनेका छन् । 

'प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै  सरकारमा रहेका दलहरुले नै यस्तो गैह्रकानुनी कृयाकलाप गर्नाले नेपालको संविधान, कानुनी र सिङ्गो संसदीय व्यवस्थालाई नाङ्गो पारेको छ र  सत्तासिन दलहरुको अधिनाकवादी चरित्रको पर्दाफास गरेको छ' प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

 

गाउँ सहर संवाददाता

तपाईँको मत