दृष्‍टिकोण

नेकपालाइ ताजा सन्देश

सहिद, घाइतेलाई नबिर्सियोस, घरबारविहीन र परिवारविहीन अनि सिउँदोको सिन्दूर र आमाको कोख खोसिएकाहरुलाइ नभुलोस्

राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने उक्ति/कथन  त नेपाली जनताले धेरै नै सुनेकै हुन तर व्यवहारमा भने  असम्भव  नहुने खालको त्यस्तो अनौठो खालको घटनाक्रम भोगिएको देखिएको र सुनिएको भने थिएन । नेपाली राजनीतिमा नेताले बोलेको कुरा पुर्याउनु धेरै परको विषय भइसकेको थियो । अझ भनौँ भने जनमानसमा नेता र झुठो भन्ने शब्द पर्यायवाची जस्तै लाग्न थालिसकेको थियो ।भन्दा अन्याय हुन्न भने यो देशमा इमान, स्वाभिमान, सदाचार र सत्याग्रह कुन चराको नाम हो भन्ने भान आम जनमानसमा परिसकेको थियो । यस्तो बिकराल परिस्थिति  दिनानुदिन सिर्जना हुँदै गएको वर्तमान परिप्रेक्षमा सबैलाइ चकित पार्दै दुई वटा कम्युनिस्ट नाम धारी दुई दल एमाले र माओवादी केन्द्रबीच एकता भै नेपाल कम्युनिस्ट पार्टीको उदय भएको छ । यस परिघटनाले साँच्चै राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने रहेछ, पुष्टि भएकाे छ ।  

भन्ने कुरालाइ जबर्जस्त रुपमा इङ्कीत गर्छ भने  ६ महिनाअघि जनता सामु एकता गर्ने घोषणा गरेको कुरालाई विधिवत रुपमा  २ ठुला वाम नेताहरु पुष्पकमल र केपीले पुर्याएको हुँदा जनतासामु राखेको बाचा, इमान, इज्जत, प्रेस्टीज अझै राजनीतिमा बाँकी रहेछ भन्ने कुरालाइ उजागर पनि गरेको छ ।

केही समय अघिसम्म मात्रै पनि एमाले र माओवादी केन्द्रका नेताहरुले कार्यकर्तालाइ एकले अर्कोलाइ सिध्याउन न्वारानको बल लगाउन आग्रह/अनुनय/बिनय गरे सिकाए माकेका कार्यकर्ताले एमालेलाई  लिङ्ग नछुटीएको पार्टी  भने ।  आज त्यही हिजोको लिङ्ग विहीन पार्टीको लिङ्ग छुट्टीयको छ वा भनौँ पलाएको छ अनि  बडो अचम्म संग एकले अर्कालाइ स्वीकार्न बाध्य छन् । त्यस्तै केही अघि सम्पन्न स्थनीय तह निर्वाचनसम्म मतपत्रको माध्यमबाट एकले अर्कोलाई बढार्न ठूलो पावर लगाए । एकले अर्कोको नजरमा हांसोको पात्र बनिरहेका एमाले र माओवादी केद्र बिच सम्पन्न एकता विश्वलाई नै चकित पार्ने समयको खेल नै त हो हैन र ? 

"मिल्नुू आफैमा राम्रो हो ‎टुट फुट, गुट र उपगुट होईन एकता र जुट ले नै मुलुक र मुलुक बासी को समृद्धि सम्भावना हरेक क्षेत्रमा छ ।"

यस आलेखमा  हिजको कुरा गरेर विगत घाउ कोट्याउने प्रयास गर्न खोजेको हैन, किनकी हामिलाइ लाई थाहा छ ईतिहास पढने हो काम गर्नेलाई भविश् हेरिन्छ। अनि नब गठीत नेपाल कम्युनिस्ट पाटीको अहिल्यै धेरै आलोचना र महत्वाकांक्षा दुबै राख्नु अत्युक्ति हुँदैन । किनभने हामी सर्बसाधरण जनतालाइ अहिलेलाई  यत्ति थाहा छ "मिल्नुू आफैमा राम्रो हो ‎टुट फुट, गुट र उपगुट होईन एकता र जुट ले नै मुलुक र मुलुक बासी को समृद्धि सम्भावना हरेक क्षेत्रमा छ ।" मिलेर मात्रै गरिबी, बेरोजगारी, अशिक्षा र पुरातन कुरीति, रुढीबादी परम्परा बिरुद्ध लड्न सजिलो हुन्छ भने नेपालीले जन्मेदेखी नै भोग्दै आएको हरेक क्षेत्रमा वा भनौँ पाइला पाइलामा केही मुठीभर मान्छेहरुले लाद्दै आएको सिन्डिकेट बिरुद्ध लडन सजिलो हुन्छ ।

र अन्त्यमा, 
नेपाल कम्युनिस्ट पार्टीहरुको  ५ दशक अघिदेखीको  राजनीतिक फेहरिस्त हेर्ने हो भने पनि पार्टी एक हुने अनि केहि स्वार्थगत कुराहरु नमिलेर फुटेको ईतिहास अती नै डरलाग्दो छ । जसको मारमा दशकौँदेखी जनताहरु पिल्सिदै आइरहेको छन् । दुख भोग्दै आइरहेका पनि छौँ/छन । तसर्थ, भखरै उस्तै ठुला कम्युनिस्ट दलहरु मिल्दा  अब फुटेर होईन सबै जुटेर देश विकासमा जोड दिनुपर्छ भन्ने सकरात्मक सन्देश नवगठित नेपाल कम्युनिष्ट पार्टीले दिएको छ । चाहे काङ्ग्रेस हुन कम्युनिस्टहरु आफ्नो बगल मिल्नेसंग, सिद्धान्त मिल्नेसंग मर्ज हुँदै जानू राम्रो कुरा हो अनि फुट भन्दा जुट राम्रो नै कुरा  हो । जनताको चाहाना र देशको आवश्यकता भनेकै एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने हो ।  त्यसै मार्फत स्थायी राजनीती गर्दै स्थायी सरकार निर्माण गर्ने हो यहि स्थायित्वबाट मात्रै समृद्ध नेपालको परिकल्पना पूरा हुन सक्छ ।  मुलुकलाई समृद्धि तर्फलाने दीर्घकालीन योजना र बजेटहरु आउन सक्छ । अनि हिजोको दिनमा एकले अर्कोलाइ सिद्ध्याउन हरपर्यान्त गर्ने अनि हिजोको दिनमा रहेको  अराजकता, हतियार र शक्ति को धङधङी को अन्त्य हुनेछ । विधि र कानूनी राज्यको परिपालनाको प्रतिवद्धता आउनेछ भन्ने आसा जागेको छ । समानता मुलक विकाश र स्वतन्त्रता मुलक विचारको प्रतिस्पर्धा हुनेछ भन्ने आसा पलाएको छ ।  अनि सामाजिक न्याय र लोककल्याणकारी सिद्धान्तको प्रतिस्पर्धा हुनेछ भन्ने आसा पलाएको छ । 

तसर्थ, नबगठीत कम्युनिस्ट पार्टीले माओवादीले गरेको बाह्र वर्षको जनयुद्ध अनि लाखौँ जनता सडकाँ उर्लीएर स्वस्फुर्त रुपमा गरिएको जनाअन्दोलनका  महान सहिद, घाइतेलाई नबिर्सियोस । योगदानलाइ नभुलोस, कतिलाई घरबारविहीन र परिवार विहीन अनि सिउँदोको सिन्दूर र आमाको कोख खोसिएकाहरुलाइ नभुलोस् । देश निर्माणको लागि सिद्धान्त मात्रै भएर हुँदैन इमान हुनुपर्छ । पक्कै पनि यो मुलुक सिद्धान्त विहीन भएर विकास नभएको भने हुँदै होइन । यो देश नब्बनुको कारण  इमानकाे खडेरी भएर हो । आज जतिपनि विकसित देशको ईतिहास हेर्नुस्, नेत्तृत्व गर्ने व्यक्ति जनताप्रति इमानदार  स्वभाब भएको कारण विकास भएको देखिन्छ ।  तसर्थ, सम्माननिय प्रम र यो सरकारका सम्पुर्ण मन्त्रीज्यूलाइ इमान्दारीपूर्वक जनताको सेवामा तल्लिन हुने साहस मिलोस ।   देशमा भै आएको अस्थिरता, भ्रष्टाचार हर क्षेत्रमा रहेको सिन्डिकेट तोडन र जनतको पक्षमा लाग्न साहस मिलोस । 

जय कम्युनिस्ट एकता

Bhojraj khanal लेख्नुहुन्छ ६ जेठ, २०७५ ५:५५ pm

Nice santosh dada

तपाईँको मत