खेल

मेसी र रोनाल्डोलाई आइएसएसले लेख्यो धम्की, “तिमीहरुको खूनले मैदान रंगिने छ”

सिक्सगिल को साइवर सुराकी

  • ४ जेठ शुक्रबार, २०७५ | १३:५९:०० मा प्रकाशित

नयाँ दिल्ली । आगामी महिनाबाट रुसमा हुन लागेको फिफा वल्र्डकप, २०१८ ले खतराको मोड लिएको छ । इस्लामिक स्टेट अफ इराक एण्ड लेभान्ट अर्थात आतंककारी संगठन (ISS) ले अर्जेन्टिनाका फुटबल स्टार मेसी र पोर्चुगलका अर्का स्टार रोनाल्डोको शिर काट्ने धम्की दिएका छन् ।

एक अंग्रेजी वेबसाइट सिक्सगिल को साइवर सुराकी एजेन्सी (आइएसएसको विद्युतिय क्रियाको निगरानी गर्ने) का अनुसार धम्की पोस्टरमार्फत दिइएको छ । प्रो आइएसएस ग्रुपद्वारा टेलिग्राममार्फत उक्त धम्की दिइएको बताइएको छ । 

पोस्टरमा दुइ नकाबधारी अतंककारीले मेसी र रोनाल्डोलाई बन्धक बनाएर जमिनमा निहुराएर उनीहरुको गर्दनको छेउमा चक्कु राखेको देखाइएको छ । तस्विरसँगै एक खतरनाक संदेशपनि लेखिएको छ । संदेशमा भनिएको छ जसको नेपाली अनुवाद हुन्छ “मैदान तिमीहरुको खूनले रंगिने छ, जीत हाम्रो हुनेछ ।”

आइएसएस समूहले विभिन्न पोस्टरहरु निकालेका छन् । तिमध्ये एक रुसको फुटबल रंगशालाको नजिक एक आतंककारीलाई बन्दुक र विष्फोटक अवस्थामा देखाइएको छ र धम्की दिइएको छ, “म कसम खान्छु, यो आगोले तिमीहरुलाई खरानी बनाउनेछ, केही समय पर्ख ।”

आइएसएसले यही वर्षको मार्चमा मेसीमाथी धावा बोलेको थियो । त्यो समयमापनि पोस्टरमार्फत आतंककारीहरुको जेलमा मेसीलाई बन्द गरेको तस्विर सार्वजनिक भएको थियो ।

स्मरण रहोस्, फिफा वल्र्ड कप, २०१८ यही १४ जुनबाट १५ जुलाइसम्म रुसका विभिन्न ११ शहरमा हुँदैछ । वल्र्ड कपको फाइनल भने रुसको राजधानी मास्को स्थित लझनिकी रंगशालामा हुँदैछ । यो अवस्था र थ्रेटले आगामी विश्वकपमाथिको खतरालाई कम आक्न नहुने विश्लेषकको राय छ । 

लाइभ हिन्दुस्तान डट कम बाट अनुवादित ।

तपाईँको मत