दृष्‍टिकोण

के चढेर आउला विकास र समृद्धि : जेट प्लेन, रेल वा बयलगाढा ?

बिहीबार एमाले र माओवादी पार्टी एकता भएपछि विभिन्न किसिमका तर्क बितर्क शुरु भएका छन् । 

राजनीतिक मैदानमा सक्रिय रहनेहरु पद, गुट, राजनीतिक भविष्य, पक्ष, विपक्ष लगायतका कुरामा बहस, छलफल गर्दैछन् । तर आम नागरिक जो चुनावताका सक्रिय हुने अन्य समय राजनीतिप्रति चासो राखे पनि आफ्नै पेशालाई सर्वोपरी ठान्ने ठूलो संख्या अब के नेपाल समृद्ध होला ? भन्ने प्रश्नको उत्तर खोज्दैछन् । 

दुई पार्टी एकीकरणसँगै अब देशमा दलको संख्या साँघुरिनुको साथै नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस मात्र ठूला पार्टी भएका छन् । पार्टी एकीकरणपछि दुई पार्टीका नेता कार्यकर्ता खुशी भएका छन् । दिपावलीसँगै भोज भत्तेर समेत गर्न भ्याए । 

एकीकरणमा आम नागरिक पनि खुशी भएका छन् ।  खुशी  यसकारण भएका छन् कि अब मुलुक विकासको बाटोमा लम्किनेछ भन्ने झिनो आशामा मात्र।

सर्वहारा बर्गको नेता आफैलाई कम्युनिस्ट हौं भन्ने नेता तथा जनप्रतिनिधी शर्महारा भएका छन् । हिजो हबाई चप्पल पड्काउँदै गाउँगाउँ-दैलोदैलो भोटमाग्दै हिँड्नेहरु अहिले पजेरो प्राडो करोडौंका गाडि चढ्ने भएका छन । कहाँबाट बर्सियो त्यत्रो धन,आलिसान भबन र बिलासिताका साधन, तामझाम सबै कहाँबाट आए ? जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्न जाँदा प्रदेशका मुख्यमन्त्री तामझाम खोज्छन् । उनलाई रातो कार्पेट ओछ्याइन्छ । जनताको घर दैलोमा बोरा छैन तर मुख्यमन्त्रीले त्यही जनताको आँगनमा रातो कार्पेट खोज्छन् भने हामी कस्तो विकास खोजीरहेका छौं ? 

बिहीबार 'नेपाल कम्युनिष्ट पार्टी' को घोषणा कार्यक्रममा देशलाई समृद्ध बनाउने उपयुक्त समय भएको पनि धेरैको बुझाई छ ।  किनकी अहिलेसम्म देशले विकासको बाटोमा हिड्न नसक्नु एकलौटी सरकार नहुनु, राजनीतिक मुद्दामै लामो समय दल, तीनका नेता, कार्यकर्ता एवम् जनताले समेत विभिन्न आन्दोलनमार्फत सहभागिता जनाइरहुनुपर्ने अवस्था थियो । अब त्यो अन्त्य भएको छ । के अब दुई बामपन्थी दल एकतामा जानासाथ विकासको मूल फुट्छ त ?

त्यसो पनि होइन । दुई पार्टीको एकीकरण कार्यक्रममा सबै नेताहरुले शान्ति, विकास समृद्धि र स्थितरताको आश्वासन मात्रै दिएनन् ६ बूँदे घोषणापत्रमा समेत उक्त कुरा उल्लेख गरेका छन् । उनीहरुले घोषणापत्रमार्फत सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष गरेका छन् । 

घोषणापत्रमा भनिएको छ -'राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइ तिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछ ।' 

उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली" को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना  हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ ।' घोषणापत्रमा उल्लेख छ । 

'पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ ।  उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली" को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना  हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ ।' घोषणापत्रमा उल्लेख छ । उनीहरुले देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको जनाएका छन् । 

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक संघीय संसदमासमेत दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकारमा छ । स्थीर सरकार बाम पार्टी एकीकरण भए संभव हुने आशामा जनताहरु यो पार्टी एकीकरणलाई सकारात्मक रुपमा लिएका छन् । राजनीतिक स्थिरता र शान्ति नै विकासको प्रमुख बाधक तत्व भएकोले मुलुक यी दुवै समस्याबाट मुक्त भएकोेले विकास र समृद्धिलाई रोक्ने कुनै तत्व छ भने त्यो सत्तामा बस्ने नेतृत्व मात्र हो । 

विकास गर्ने क्रममा अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सघाउनैपर्छ नत्र उसको पनि आगामी भविष्य झन खतरामा छ । त्यसकारण अबको प्रतिस्पर्धा भनेको दिगो विकास, सुशासनकै लागि हो । अन्यथा बहुसंख्यक नागरिकलाई पार्टी एकताको कुनै प्रभाव पर्नेवाला छैन । त्यो कुरा कम्युनिष्ट र कांग्रेस दुवै दलका नेतृत्वले नबुझ्ने कुरै भएन ।
 

अहिले विकास गर्न यसकारण पनि उपयुक्त समय छ कि मुलुकमा युवा अर्थात क्रियाशील जनसंख्याको अनुपात पनि उच्च छ जसलाई नेतृत्वले सहि सदुपयोग गरेर विकासमा फड्को मार्न अवसर छ । विकासको लक्ष्य हासिल गर्न जुनसुकै मुलुकको वैज्ञानिक योजना र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यकता पर्दछ । तर हाम्रो मुलुकमा ६० प्रतिशत विकास खर्च त हुनै सक्दैन । यसबाट थाहा हुन्छ हामीले सार्वजनिक विकास खर्च प्रभाकारी ढंगले परिचालित गर्न सकेकै छैनौं । त्यसो त विकासमा हाम्रो राष्ट्रिय सहमति पनि छैन । मुलुकको पहिलो प्राथमिकता के भन्ने निर्धारण छैन । फरक दल सत्तामा पुग्नासाथ प्राथमिकता फेरिन्छन् । विकासमा सामूहिक प्रतिवद्धता देखिन्न । राजनीतिक संकल्प र दृढ इच्छाशक्ति, सुशासन, कार्यसम्पादन र मूल्यांकन, जवाफदेहीता हुन जरुरी छ । त्यो नभएसम्म विकाले गति लिन सक्दैन ।

विकास गर्ने क्रममा अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सघाउनैपर्छ नत्र उसको पनि आगामी भविष्य झन खतरामा छ । त्यसकारण अबको प्रतिस्पर्धा भनेको दिगो विकास, सुशासनकै लागि हो ।  अन्यथा बहुसंख्यक नागरिकलाई पार्टी एकताको कुनै प्रभाव पर्नेवाला छैन । त्यो कुरा कम्युनिष्ट र कांग्रेस दुवै दलका नेतृत्वले नबुझ्ने कुरै भएन । राजीतिमा स्थायीत्व र लोकतन्त्र संस्थागत हुनेछ भन्ने सकारात्मक प्रभाव देखिन्छ । 

सपना देखाउनु राम्रो हो, पानी जहाज, रेल, सुरुङ मार्ग, हाइड्रोपावरका सपना नदेखि सपना पूरा हुँदै-हुँदैनन। घोक्रो सुकाउने गरि विकास-विकास भट्याउने मात्र हैन
पाँच बर्ष सपनाहरु र योजनाहरुको चाङ लगाउदा-लगाउदै मात्रै नसकियोस् ।

सपना देखाउनु राम्रो हो, पानी जहाज, रेल, सुरुङ मार्ग, हाइड्रोपावरका सपना नदेखि सपना पूरा हुँदै-हुँदैनन। घोक्रो सुकाउने गरि विकास-विकास भट्याउने मात्र हैन पाँच बर्ष सपनाहरु र योजनाहरुको चाङ लगाउदा-लगाउदै मात्रै नसकियोस् । तर बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले सुशासन, समृद्धि र विकासको घोषणा सैद्धान्तिक आदर्श मात्र नबनोस् । 

सम्वृद्धिको सूचकलाई अर्थतन्त्रमा बढेको देख्न चाहने जनता स्थीर सरकार पक्षमा छन् । वर्षौंदेखी समृद्धि नेपाली जनताको चाहना र सपनामा मात्र सिमित छ । तर पछिल्लो समय तीन तहको निर्वाचन र संघियताको कार्यान्वय हुन थालेपछि जनता उत्साहित बनेका थिए । विकासका सूचकहरु जनताले बढेका देख्न पाउने कहिले ? सर्वहारा बर्गको नेता आफैलाई कम्युनिस्ट हौं भन्ने नेता तथा जनप्रतिनिधी शर्महारा भएका छन्। हिजो हबाई चप्पल पड्काउँदै गाउँगाउँ-दैलोदैलो भोटमाग्दै हिँड्नेहरु अहिले पजेरो प्राडो करोडौंका गाडि चढ्ने भएका छन । कहाँबाट बर्सियो त्यत्रो धन,आलिसान भबन र बिलासिताका साधन, तामझाम सबै कहाँबाट आए ? जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्न जाँदा प्रदेशका मुख्यमन्त्री तामझाम खोज्छन् । उनलाई रातो कार्पेट ओछ्याइन्छ । जनताको घर दैलोमा बोरा छैन तर मुख्यमन्त्रीले त्यही जनताको आँगनमा रातो कार्पेट खोज्छन् भने हामी कस्तो विकास खोजीरहेका छौं ? 

सपना देखाउनु राम्रो हो, पानी जहाज, रेल, सुरुङ मार्ग, हाइड्रोपावरका सपना नदेखि सपना पूरा हुँदै-हुँदैनन। घोक्रो सुकाउने गरि विकास-विकास भट्याउने मात्र हैन
पाँच बर्ष सपनाहरु र योजनाहरुको चाङ लगाउदा-लगाउदै मात्रै नसकियोस् । केहि गर्लान् जनताको जीवनस्तर सुधार होला र देश सम्बृद्धिको बाटोमा हिड्ला भनेर आशा-भरोसा गरेर भोट दिएर जिताएर सत्तामा पुर्याएका जनताको सपना चितामा नजलोस्।

तर बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले सुशासन, समृद्धि र विकासको घोषणा सैद्धान्तिक आदर्श मात्र नबनोस् । 




 

शिवराज खड्का

तपाईँको मत