दृष्‍टिकोण

हार्दिक श्रद्धाञ्जली !

लोकलाज छोप्नको खातिर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन् 

Dream Labs

"जीप पस्यो त्रिशुलीमा ड्राइभर बगरमाथि छ
त्रिशुली र सुर्जे मात्र देख्ने साक्षी छ ।
अचम्मै भो के गरेर यस्तो घटना घटेको
दुइटा नेता मर्दापनि ड्राइभर बाँचेको।।।।।।"

मदन आश्रितको निधन बारे मनै रुवाउने वा भनौँ चार हरफमा नै  धेरै कुराहरु बोल्ने यो गित  सुन्दा मदन आश्रितको योगदान बुझ्ने वा भनौ मदन आश्रितको समयको  नेपाली राजनीतिको  थोरबहुत ज्ञान भएका जोकसैको मन रुन्छ । तसर्थ, नेपाली कम्युनिस्ट  राजनीतिको एक कालो दिन हो जेठ ३ गते भन्दा फरक पर्दैन ।

मदन भण्डारी र जीवराज आश्रितको असमायिक निधन भएको आज २५ वर्ष पूरा भैसकेको छ तर यति लामो समय भैसक्दापनि उनीहरूको निधन हत्या हो वा दुर्घटना भन्ने कुरा रहस्यमय छ । यस बिचमा तिनै मदन आश्रितको भजन मन्डली गाएर पटकपटक एमाले सत्तामा पनि पुगिसकेको छ ।  सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहालेँ अब किन चर्चा गर्नु भन्ने रोगले थलिएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ । यति लामो अवधिमा पनि  हत्या हो कि दुर्घटना, जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ  मदन आश्रित घटनाबारे मौन बस्नु बडाे आस्चर्यको कुरा छ ।

सत्ताको भर्याङमा चढेपछी भर्याङ चढिहालेँ अब किन चर्चा गर्नु भन्ने रोगले थलिएर हो वा कुनै कारणले हो एउटा बिडम्बना नै मान्नुपर्छ । यति लामो अवधिमा पनि  हत्या हो कि दुर्घटना, जवाफ कोही कसैले पत्ता भने लगाउन र छानबिन गर्न उच्च तदारुकता नदेखाउनु वा भनौ  मदन आश्रित घटनाबारे मौन बस्नु बडाे आस्चर्यको कुरा छ ।

हरेक वर्ष जेठ ३ गतेका दिन हामिले देखिरहेका हुन्छाैँ,  सुनिरहेका हुन्छौँ शहरमा मदन भण्डारी र जीवराज आश्रितको योगदानबारे श्रद्धाञ्जली सभा र गोष्ठीहरु हुन्छन् ।  नेताहरु ठुलाठुला स्वरमा भाषणहरु गर्छन् । सामाजिक सन्जालमा योगदानबारे लेख्न होडबाजी चल्छ । तर, के  कम्युनिष्ट नेताद्वय मदन भण्डारी र जीवराज आश्रितूप्रति यति कुराहरु गर्दैमा सच्चा  सम्मान  हुन्छ ? के मदन आश्रितको आत्माले शान्ती पाउँछ ? 

अहँ पाउँदै पाउँदैन महोदय । तसर्थ, हामी सर्वसाधारण नेपाली जनता भन्न चाहन्छौँ यदी मदन आश्रितको त्यो कहालीलाग्दो घटनाबारे छानबिन हुन सक्दैन भने वा भनौँ छानबिन गर्ने आँट र तदारुकता देखाउँदैन भने यो वर्सेनि मदन आश्रितको स्मृति दिवसमा हामी हत्यारा पत्ता लगाएरै छाडनेछौँ, छानबिन गरेर छाडनेछौँ भनेर आजको मितिबाट भन्न छोडिदीनोश्  अनि स्वस्थानी व्रत कथामा झैँ महादेवले सतीको लास काँधमा बोकेर अङ्ग पतन गराउँदै हिँडेझैँ २५ वर्षदेखि चुनावको बेला ठाउँठाउँमा उनको नाम जोडेर राजनैतिक अभिष्ट सिद्धि गर्ने र सत्ताको भर्याङ चढने काम भइरहेको छ । त्यो अब उप्रान्त नहोस अनि वर्षकाे एकदुइपटक लोकलाज छोप्नको खातिर मात्रै दोषीलाई कारबाही गर्न माग नगरुन् ।

यत्ति भएपनि थोरै भएपनि मदन  भण्डारीप्रति न्याय हुनेछ । जननेता भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।



 

तपाईँको मत