दिगोविकास

बाम एकताकाे असर, ०.१२ प्रतिसतले उकालाे लाग्याे बजार

काठमाडौं । ओरालो लाग्दै आएको शेयर बजार अाज  भने ०.१२ % ले उकालाे लागेकाे छ ।  थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । 

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र  माओवादी केन्द्र बीचको एकता प्रक्रिया सहज रुपमा अगाडि बढेको भन्दै बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी गरिएको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर रु २८ करोड ५४ लाख ५५ हजार १४१ मूल्यमा खरिद बिक्री भएका थिए । 

स्टकका अनुसार आज पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो । बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत