जीवनशैली

आज  विश्व उच्च रक्तचाप दिवस्

उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु

आज  विश्व उच्च रक्तचाप दिवस् जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन  मनाउँदै अाएकाे छ । सन् २००५ वाट यस दिन मनाउन शुरु गरिएको हो । विश्वकै समस्या उच्च रक्तचाप परिवर्तित जिवनशैलीका कारण बढ्दै गएको मोटोपना मानसिक तनावका कारण समस्या सबै मुलुकका बढ्दो क्रममा छ ।

उच्च रक्तचापको लक्षण सुरुमै नदेखिनपनि सक्ने र ढिलो पहिचान हुने भएकोले पनि यो समस्या बढ्दो क्रममा रहेको छ ।   उच्च रक्तचापको समस्या ३० वर्ष नाघेपछि उमेर बढ्दै गएपछि क्रम शुरु हुने गर्दछ । ५० वर्षसम्मको उमेरमा महिलामा कम देखिने र त्यसपछि महिला र पुरुषमा बराबरी देखिने गरेको छ ।

उच्च रक्तचापकाे समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा याे रोगबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा लिन सकिन्छ ।  

उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु 

  • नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
  • धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
  • मोटोपना घटाउने ।
  • दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
  • गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
  • गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
  • ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
  • नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

गाउँ सहर संवाददाता

तपाईँको मत