सम्भोगसँग जोडिएका महत्वपूर्ण रहस्यहरू

  • २ जेठ बुधबार, २०७५ | २०:५८:०० मा प्रकाशित
Health Magazine

साधारण तरिकाले सोंच्दा वा भन्दा अन्य कुराहरु यथावत रहे कुनै निश्चित अवस्थामा र निश्चित उमेरभित्रमा पुरुष र महिला बिचमा गरिने शारीरिक सम्पर्कको माध्यमबाट एउटा नयाँ जीवन शुरु हुन्छ। हुन पनि यो कुरा ठिकै हो। तर सम्भोगसंग जोडिएर आएका, सुखानुभूति बाहेकका, प्रक्रियागत र जैविक कुराहरुलाई गहिरिएर हेर्ने हो भने यो साँच्चिकै आश्चर्यलाग्दो छ।

जब पुरुष उमेरको हुन्छ, उसको अण्डकोषले शुक्रकीट सहितको वीर्य उत्पादन गर्न थाल्दछ, तर उत्पादित वीर्य अण्डकोषले आफैसंग राख्दैन। शुक्रकीट एउटा जीवकोष हो भने वीर्य शुक्रकीटको खाना हो। उत्पादित संपूर्ण बीर्य कतै अदृश्य ठाउँमा (outside male torso) संचित हुन्छ। मानब शरीरको तापक्रम ९८.६ डिग्री फरेन्हाइट हुन्छ भने बीर्य सही अवस्थामा रहनको लागी ९६ डिग्री फरेन्हाइटको तापक्रम चाहिन्छ। अण्डकोषले एउटा यस्तो विशिष्ट संयन्त्र सिर्जना गर्छ जसको माध्यमले बीर्यलाई ९६ डिग्री तापक्रमबाट बढ्न पनि दिन्न र घट्न पनि दिन्न। वीर्यको तापक्रम ९६ डिग्री भन्दा कम हुनलाग्यो भने torso को नजिक पुगी तापक्रम बढाउंछ भने तापक्रम बढ्नलाग्यो भने torso बाट टाढा भई चाहिने तापक्रमको सन्तुलन मिलाउँछ।

साधारण तरिकाले सोंच्दा वा भन्दा अन्य कुराहरु यथावत रहे कुनै निश्चित अवस्थामा र निश्चित उमेरभित्रमा पुरुष र महिला बिचमा गरिने शारीरिक सम्पर्कको माध्यमबाट एउटा नयाँ जीवन शुरु हुन्छ।

अर्को तर्फ जब महिलाको उमेर हुन्छ, महिला शरीरमा हुने दुईवोटा डिम्बाशय (ovary) ले डिम्बाहरु (ova) उत्पादन गर्न थाल्दछन्। महिलाको गर्भधारण गर्नसक्ने अवधिभारिमा दुईवोटा ovary बाट करिब ४,०००-५,००० सम्म डिम्बा उत्पादन हुन्छन्। सबै महिलामा एउटै कुरा लागु हुँदैन, महिलापिच्छे पनि फरक हुन सक्छ। तथापि अन्य गडबडी नभएमा साधारणतया प्रतेक पटक रजस्वला भएको ११-२१ दिनभित्र अथवा अर्को पालो आउनुभन्दा १२-१६ दिन अगाडि दुई मध्ये एउटा ovary ले एउटा डिम्बा परिपक्क बनाई गर्भाशयसंग जोडिएको अर्को नली (fallopian tube) मा लोड गर्दछ र उक्त डिम्ब निसेचन (fertilization) को लागी शुक्रकीटलाई पर्खेर बसेको हुन्छ। उक्त डिम्बको आयु १२-२४ घण्टा हुन्छ। यही अवधिमा त्यो डिम्बको कुनै एक शुक्रकीटसंग मिलन भएमा एउटा नयाँ कोष निर्माण हुन्छ, त्यो नै गर्भधारणको शुरुको प्रक्रिया हो।

महिलाको ५०% र पुरुषको ५०% DNA मिलेर बनेको यो नयाँ कोषलाई जाइगट (zygote) भनिन्छ। जाइगट बनेको करिब २४-३६ घन्टापछि त्यसमा एकदम रफ्तारमा कोष विभाजन कार्य प्रारम्भ भै उक्त कोषहरुको डल्लो बिस्तारै पाठेघर तर्फ सरेर पाठेघरको भित्तामा टाँसिन्छ। उक्त डल्लोलाई पाठेघरसम्म पुग्न एक हप्तासम्म पनि लाग्न सक्छ। त्यसपछि पनि अन्य थुप्रै प्रक्रियाबाट गुज्रंदै त्यहीं नै बच्चाको बाँकी संपूर्ण बिकास प्रक्रिया पुरा हुन्छ। पाठेघरमा अमिनो भन्ने तरल पदार्थ हुन्छ जसले त्यो नयाँ जीवलाई यहाबत हानी हुनुबाट बचाउँछ।

यहाँ “दुवै ovary ले एकैचोटि डिम्बा उत्पादन गर्न सक्दैनन् ?” भन्ने प्रश्न आउँछ। सामान्यतया एउटा ovary को डिम्ब परिपक्क हुँदै fallopian tube तर्फ बढेपछि अर्को ovary को डिम्ब परिपक्क हुने प्रक्रिया रोकिन्छ। तर कुनैकुनै पटकको रजस्वलामा दुवै ovary ले एकैचोटि डिम्ब उत्पादन र परिपक्क बनाई fallopian tube मा पठाउने अवस्था पनि हुन सक्छ। त्यस्तो अवस्थामा दुवै डिम्बको दुईवोटा फरकफरक शुक्रकीटसंग मिलन भएमा दुईवोटा बच्चाहरुको गर्भधारण हुन्छन्। तर यस्ता बच्चाहरुको शरीर तथा रुप ५०% भन्दा बढी दुरुस्तै मिल्ने हुँदैनन् अनि यस्ता बच्चा एउटै वा फरकफरक लिंगका हुन सक्छन्।

मानव इतिहासमा एकै पटकमा ९ वोटा सम्म बच्चा जन्मेको, त्यसमध्ये एउटा नबाँचेको र बाँकी अझै जिवितै रहेको नयाँ अभिलेख कायम छ।

यहाँनेर फेरि दुईभन्दा बढी बच्चाको प्रश्न आउँछ। गर्भधारण भएपछि ८ हप्तासम्म को अबधिको कोषहरुको डल्लोलाई अम्ब्रियो (embryo) भनिन्छ। अम्ब्रियो अबस्थामा एकै बिशेषता बोक्ने कोषहरू उस्तै दुई वा बढी जति भागमा विभक्त हुन्छन, त्यति नै भूर्ण (fetus) मा बिकसित भै त्यतिवोटा नै बच्चा बन्दछन। यस्ता सबै बच्चा सग्लै र जिवितै जन्मन सक्नु नसक्नु बेग्लै कुरा हो। तर राम्रै अवस्थामा जन्मन सकेभने प्राय सबैमा उस्तै बिशेषता हुन्छ अनि सबै एउटै लिंगका हुन्छन। मानव इतिहासमा एकै पटकमा ९ वोटा सम्म बच्चा जन्मेको, त्यसमध्ये एउटा नबाँचेको र बाँकी अझै जिवितै रहेको नयाँ अभिलेख कायम छ।

कुरा फेरि डिम्ब र शुक्रकीटसंग जोडौं। योनीमार्गमा खसेका शुक्रकीटको आयु ३-५ दिन हुने र परिपक्क डिम्बको गर्भधारण गर्नसक्ने आयु १२-२४ घन्टासम्म हुने भएकोले यो अवधि भित्रमात्र डिम्ब र शुक्रकीटको मिलन भएमा गर्भ रहन सक्छ, अन्य समयमा गर्भ रहँदैन। तर लामो समय रजस्वला नहुने अथवा महिनामै २-३ पटक रजस्वला हुने महिलाको भने रजस्वलला अबधिमा पनि डिम्ब उत्पादन हुने सम्भावना भएकोले त्यो बेलामा पनि गर्भ रहन सक्छ। हरेक पटकको परिपक्क डिम्ब निसेचन (fertilize) हुन पाएन भने मर्छ र आउने पालोको रजस्वलाको बेला रगतसंग मिसिएर शरीरबाट बाहिर आउँछ।

हुन त आजभोलि गर्भाधानका कृतिम तरिका पनि छन, तर प्राकृतिक तरिकाको कुरा गर्दा सम्भोगको अन्तमा पुरुष स्खलित हुँदा २.५ करोडभन्दा बढी शुक्राणुहरु पुरुष जनेन्द्रियबाट महिलाको योनीमार्गमा खस्छन्। ती मध्ये करिब आधा जसो सम्भोगपछि योनीबाट बाहिर बग्छन्, थुप्रै योनीमार्गमै मर्छन र केही बलियाहरुले डिम्ब भेट्ने दौडमा प्रतिस्पर्धा गर्न थाल्दछन। प्रतिस्प्रधाको बाटोमा पनि बिभिन्न कारणले थुप्रै मर्छन्। अन्तमा जव सबभन्दा छिटो र बलियो एउटा शुक्रकीटले fallopian tube मा पर्खेर बसेको डिम्ब भेट्छ, त्यसलाई डिम्बले तुरुन्तै स्वीकार गरी आफू भित्र पस्न स्वीकृति दिन्छ अनि यी दुवै मिलेपछि गर्भाधान प्रक्रिया शुरु भैहाल्छ। अरु शुक्रकीटको त्यही डिम्बसंग मिलन हुनै सक्दैन। कथंकदाचित भेट भैहाल्यो भने पनि निसेचन हुन सक्दैन। गर्भधारण भनेको एउटामात्र महिला कोष डिम्ब र एउटामात्र पुरुस कोष शुक्रकीटको संयोजन हो।

अझ अचम्मको कुरा के छ भने महिलाको योनीमार्ग यति अम्लीय र जीवाणु निरोधक हुन्छ की कुनै पनि हानिकारक किटाणुहरु योनीमार्ग कटेर पाठेघरसम्म पुग्न र पाठेघरलाई हानिनोक्सानी गर्न सक्दैनन्। तर सम्भोगको बेला पुरुषको लिंगबाट वीर्यसंगै मिसिएर शुक्रकीटको साथै अन्य यस्ता रासायन पनि आएका हुन्छन जसले योनीमार्गमा हुने अम्लीय वातावरणलाई निस्क्रिय बनाइदिन्छन् र शुक्रकीटलाई हानि हुनुबाट जोगाउँछन्।

जब बच्चा जन्मिन्छ त्यस बखत बच्चाको पाचन प्रणालीमा लेउ जस्ता (mucus) लगायतका बिभिन्न हानिकारक पदार्थ हुन्छन्। तर, बच्चा जन्मिने बेलामा आमाको दूधमा colostrums भन्ने एउटा रासायन पनि दूधसंगै उत्पन्न हुन्छ जसले बच्चाको पाचन प्रणालीबाट त्यस्ता हानिकारक पदार्थ बाहिर निकाल्छ।

त्यस्तै शुक्रकीटको टाउकोमा एक प्रकारको यस्तो ढाल अथवा हेल्मेट हुन्छ की जसको कारण त्यो अम्लीय बातावरण कटेर fallopian tube को मुखसम्म सजिलै पुग्न सक्दछ। अर्को तर्फ जब हजारौं शुक्रकीटहरु डिम्बको नजिक पुग्छन्, डिम्बले पनि शुक्रकीटलाई आफ्नो लक्षमा पुग्न सहयोग पुग्ने प्रकारको रासायन पैदा गरी शुक्रकीटलाई आफूतर्फ आकर्षित गर्दछ। जब पहिलो शुक्रकिट आफू नजिक आईपुग्छ, डिम्बाले अर्को प्रकारको रसायन उत्पादन गर्दछ जुन रासायनले शुक्रकीटको टाउकाको ढाललाई पगालिदिन्छ। त्यसपछि शुक्रकीटको टाउकोमा हुने अर्को रसायनले डिम्बको बाहिरी भागको सतहलाई सजिलै पगाल्छ र डिम्बभित्र छिरी डिम्बसंग एकाकार हुन्छ।

मान्छेको शुक्रकीट धनात्मक बिद्धुतीय हुन्छ भने डिम्ब ऋणात्मक। एउटा डिम्बले एउटामात्र शुक्रकीटलाई आफूमा अनुमति दिने कुरा माथि नै व्याख्या भयो। कुनै एउटा शुक्रकीटलाई स्वीकारीसकेपछि उक्त डिम्ब कोष तुरुन्तै धनात्मकमा परिणत हुन्छ। त्यसपछि अन्य कुनै पनि शुक्रकीट त्यसबाट टाढाहुन बाध्य हुन्छन र भित्रै मर्छन्।

अन्त्यमा, जब बच्चा जन्मिन्छ त्यस बखत बच्चाको पाचन प्रणालीमा लेउ जस्ता (mucus) लगायतका बिभिन्न हानिकारक पदार्थ हुन्छन्। तर, बच्चा जन्मिने बेलामा आमाको दूधमा colostrums भन्ने एउटा रासायन पनि दूधसंगै उत्पन्न हुन्छ जसले बच्चाको पाचन प्रणालीबाट त्यस्ता हानिकारक पदार्थ बाहिर निकाल्छ। यसको अतिरिक्त colostrums मा बच्चाको पाचन प्रणालीलाई मद्दत गर्ने अथवा मजबुत गर्ने एन्टिबायोटिक सरहको laxative भन्ने तत्व पनि हुन्छ। colostrums बच्चा जन्मेको ५ दिनसम्ममात्र आमाको दूधमासंगै उत्पादन हुन्छ, त्यसपछि उत्पादन हुँदैन।

माइसंसारबाट साभार ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत